Aamsanchar

चण्डेश्वरी जात्रा

Author Image
बिहिवार, वैशाख २५, २०७७


कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण काभ्रेपलाञ्चोकको पाँचखालमा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपामा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा मनाइने वैशाख पूर्णिमाको चण्डेश्वरी जात्रा स्थगित गरिएको छ ।

बैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाइने गरिन्छ । यस जात्रामा बाजागाजा सहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलीपल्ट देवीको मुर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ ।

यस जात्राको अर्को रौनक भनेको कलनदान हो, जात्रामा भक्तजनको भीडमा प्रसादका रुपमा मासु फाल्ने चलन छ र यसरी मासुरुपी प्रसाद फलिनुलाई नै कलनदान मानिन्छ । भीडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिन्छ । यस प्राचिन जात्रामा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौं, रामेछाप लगायतका ठाँउवाट समेत मान्छेहरु आउने चलन छ । चण्डेश्वरी देवीको उत्पतिको विषय चण्डासुर नामक राक्षससंग जोडिन्छ, चण्डासुरले महादेबको वरदान पाएर उत्पात मच्चाउन थालेपछि देवी स्वरुपमा चण्डेश्वरीले चण्डासुरको वध गरेको कथन छ । चण्डासुरको मृत्युको खुशीयाली नै यस जात्राको रौनक रहेको बताइन्छ ।

वनेपा लगयातका आसपासका नेवा समुदायकोे आराध्यदेवकै रुपमा चण्डेश्वरीलाई लिइन्छ, चण्डशासुरको वध पछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजा सहितले वध स्वागत गरिएको र यसै खुशीयालीमा सत्ययूगवाटै यस जात्रा गरिआएको वताइन्छ । जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिन्छ । जात्रामा कङ्पुग बाजा, शाही बाजा विधि बाजाका रुपमा र सनही बाजा र धिमे बाजासमेत बजाइन्छ, यस जात्रा सनातन सस्कार अनि प्राचिनतम सभ्यताको एउटा अलौकीक उदहारण हो । जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ । वैशाख शुक्लपूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजाआजा समेत गरिने प्रचलन छ ।

चण्डेश्वरी जात्राका अलावा काभ्र्रे जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, श्रीखण्डपुरमा श्वेत भैरबको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ । चण्डासुरहरुको वध गर्न हरेक यूगमा चण्डेश्वरीको आगमन होस् । धर्मको जय होस्, अधर्मको नाश होस्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 760

प्रतिक्रिया (०)

सम्बन्धित खबर