Aamsanchar

कानेपोखरीका युवा, बेलबारीमा मृत अबस्थामा

Author Image
बिहिवार, वैशाख २५, २०७७

प्रतिकात्मक तस्वीर

कानेपोखरी । लकडाउनको वेला आवतजावत ठप्प भईरहेको अवस्थामा एक पालिकाबाट अर्को पालिका अर्थात मोरङको बेलबारी ७ को नहरको डिलमा कानेपोखरी  एक जना युवाको शव भेटिएका छ ।

बिहीबार बिहान कानेपोखरी गाँउपालिका वडा नम्बर १ होक्लाबारीका का १८ वर्षीय आयुष गिरीको शव नहरको डिलमा भेटिएको छ । शव पोष्मार्टमका लागि उर्लावारी स्थित मगलवारे अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इनिस्पेक्टर ऋषिराज ढकालले बताए ।

स्थानीय भने मृतक गिरीको शरीरका विभिन्न अंगमा चोटपटक देखिएकोले हत्या भएको हुनसक्ने आशंका गरेका छन् । प्रहरीले भने पोेष्टमार्टम रिर्पोट नआएसम्म केही बोल्न सक्ने अवस्था नरहेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर