भद्रपुर । भद्रपुर ८ नम्बर वडा भित्रका चेतनशील टोल विकास संस्था तथा भद्र शिवा टोल विकास संस्थाले अति विपन्न वर्गका एक सय घर परिवारलाई राहत स्वरूप खाद्यन्न वितरण गरेका छन् ।
बन्दाबन्दीका कारण रोजगारी गुमाएर आर्थिक अभावले खाद्यन्न खरिद गर्न नसक्ने अति विपन्न परिवार पहिचान पश्चात ती टोल विकास संस्थाले प्रति परिवार १२ किलो चामल, एक किलो दाल, एक किलो नुन राहत स्वरूप वितरण गरेका हुन् ।
प्रति परिवार ७ सय १५ रूपैया बरावरको खाद्यन्न जम्मा ७१ हजार ५ सयको वितरण गरिएको चेतनशील टोल विकास संस्थाका सल्लाहकार पूर्व प्रहरी नायव उपरिक्षक धनप्रसाद शिवाकोटीले जानकारी दिएका छन् ।
चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वडा कार्यालयलाई अनुदान स्वरूप एक लाख १५ हजारको खाद्यन्न राहत स्वरूप दिएपछि सोही खाद्यन्न टोल विकासले अति विपन्न पहिचान गरी वितरण गरेका हुन् ।
चेतनशील टोल विकास संस्थाका अध्यक्ष कर्ण थापाको नेतृत्व तथा वडाध्यक्ष गौरव सुब्बा (मनोज) को रोहवरमा वितरण गरिएको थियो । कार्यक्रममा पूर्व वडाध्यक्ष जगदिश जोशी, वडा सदस्यहरू भगवती बस्नेत, इन्द्रसिंह राजवंशी, निमलाल राजवंशी, चेतनशील टोल विकास संस्थाका सल्लाहकार धनप्रसाद शिवाकोटी, भद्र शिवा टोल विकास संस्थाकी अध्यक्ष समिता राई लगायतको उपस्थिति रहेको थियो ।