Aamsanchar

विर्ताबजारको चिनारी भत्काइदै, नयाँ बनाउन शिलान्यास

Author Image
बिहिवार, वैशाख २५, २०७७

हालको मन्दिर ।

बिर्तामोड । झापाको बिर्तामोड देखि कतिर २ किलो मिटर दक्षिणमा रहेको झापाको पुानो बजार मध्येको विर्ताबजारमा रहेको दुर्गा मन्दिर स्थान्तरणको लागि आज शिलान्यास गरिएको छ ।

आव बुद्ध जयन्तीको शुभ साहित पारेर नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरा प्रसाईले वैदिक विधिपूर्वक मन्दिरको शिलान्यास गरेका हुन् ।

बिर्ताबजारको मुख्य चोकमा रहेको दुर्गा मन्दिर बिर्ताबजारको चिनारी पनि हो । पहिले खुल्ला ठाउँमा स्थापना गरिएको थियो, समयक्रम संगै बढलो सहरीकरणका कारण यतीवेला मन्दिर आसपासको क्षेत्र साघुरिएको छ । बिर्तामोड–भद्रपुर चारलेनको सडक निर्माणका क्रममा सडककै बीचमा मन्दिर परेपछि हालको मन्दिरभन्दा केही मिटर पूर्व तर्फ मन्दिर प्रतिस्थापन गर्न लागिएको हो ।

नगरपालिकाले सम्पूर्ण खर्च ब्यहोर्ने गरी मन्दिर अर्को ठाउँमा निर्माण गरिने नगरप्रमुख शिवाकोटीले बताएका छन् । नगरपालिकाले मन्दिर निर्माणको लागि करिब ४५ लाख रुपैयाँ अनुमान गरेको छ, तर उपभोक्ता समितिले सोभन्दा कम खर्चमा मन्दिर निर्माण गरिसक्ने बताएको छ ।

मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष पर्शुराम सिटौलाले भोलिबाट नियमित काम सुरु गरी दुई–अढाई महिनामा मन्दिरको भौतिक निर्माण कार्य सकिने जानकारी दिएका छन् । उनका अनुसार मन्दिरको नाप नक्सा, स्वरुपसहित आर्किटेक्च सकिएको र भोलिबाट लकडाउन पनि केही खुकुलो हुने भएकाले निर्माण कार्यले गति लिने अपेक्षा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर