नेपालमा सामाजिक दुरी लकडाउन भएको ५४ दिन पुगी सक्दा नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । कपिलबस्तुमा थप २ जनामा कोरोना भाइरस भेटिए पछी यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गर्दै विहीवार राति प्रेस नोट जारी गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १६ र २२ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण भेटिएको मन्त्रालयका सहायक प्रवक्ता डा। समिरकुमार अधिकारीले बताए । उनीहरुको अवस्था सामान्य छ । दुबै जना चिकित्सकको सम्पर्कमा छन् ।
नेपालमा हालसम्म ६८ हजार ६०२ नमूना परीक्षण भएका छन्। जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५०९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 238