चारपाने । कोरोना भाईरस कोभिड–१९ महामारीको असरका कारण देश नै लगभग ठप्प बनेको अबस्थामा धेरैले दैनिक रोजगारी गुमाउन पुगेका छन ।
यस्तो आर्थिक संकटको अवस्थालाई मध्येनजर गरेर अतिविपन्न वर्गलाई खाद्ययन्न सहयोग उपलब्ध गराउने उदेश्यका साथ झापा बिर्तामोड–२ स्थित सहारा नेपाल साकोसको संयोजनमा सुरु गरिएको ‘एकका लागि एक’ अभियानमा देश विदेशबाट रकम सहयोग जुटने क्रम जारी रहेको अवस्थामा झापा बिर्तामोड–२ निवासी मनकारी दम्पती मदनगोपाल सुब्बा र ईन्दिरा सुब्बाले अभियानको कोषमा ५० हजार रुपैया उपलब्ध गराएका छन । शुक्रबार उक्त सहयोग रकम उपलब्ध गराईएको एकका लागि एक अभियानको सचिवालयले जानकारी दिएको छ ।
झापा लगायतका विभिन्न स्थानमा लक्षित वर्गको पहिचान गरि राहत वितरण थमाधम भई रहेको र यसै क्रममा आभियानका लागि विभिन्न संघ संस्था र व्यक्तीबाट रकम जुटने काम तिब्र रुपमा भई रहेको छ । हाल सम्ममा ३० लाख भन्दा धेरै रकम जम्मा भईसकेको अभियान सचिवालयका दिनेशबहादुर निरौलाले जानकारी दिएका छन् ।