Aamsanchar

तिन दिन पछी बाट शेयर बजार २ घण्टा खुल्ने

Author Image
शुक्रवार, वैशाख २६, २०७७

काठमाडौं । मंगलबारदेखि सेयर बजार दुइ घण्टा खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्चेन्जलाइ कारोबार सुचारु गर्न निर्देशन दिएको हो । मंगलबारबाट बिहान ११ बजेदेखि १ बजेसम्म सेयर बजार खुला रहनेछ । बोर्डले दुई प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरेको छ ।

कोरोनाको प्रभाव रहुन्जेल २ प्रतिशतभन्दा माथिले बजार बढ्दा र दुई प्रतिशत भन्दा तल घट्दा सर्किट ब्रेकर लाग्नेछ । आगामी आर्थिक वर्षदेखि धितोपत्र बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने भएको छ । नेप्सेको कार्यालय आइतबारबाट सञ्चालन गर्ने र सेयर कारोबार मंगलबारदेखि हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, पौष २६, २०८१
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१