
आज साँझ दमक नजिकै पाडाजुंगी स्थित रवि पेट्रोल पम्प अगाडि मोटरसाईकल दुर्घटना भएको छ ।

मालवाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालको मृत्यु भएको हो । दूर्घटनामा मृत्यु हुनेको साथमा चुलाचुली ४ का ३० बर्षिय रणबहादुर लिम्बु उल्लेख भएको मतदाता परिचयपत्र भेटिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजयराज पंण्डितते बताएका छन ।

पूर्ववाट पश्चिम तर्फ आउँदै गरेको मोटरसाईकललाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना. ६ ख ५४०१ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
साँझ ७ बजेको समयमा भएको दूर्घटनापछि ट्रक चालक भागेको स्थानीयहरुले बताएकाछन् । लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्री नबोकेको गाडि समेत खुलमखुल्ला हिडेको र लापरवाहीका कारण दुर्घटना भएको स्थानियको भनाई छ ।

Views: 471

