Aamsanchar

भोलीबाट ‘एकका लागि एक’ अभियानले विरियानी खुवाउने

Author Image
शनिवार, वैशाख २७, २०७७

चारपाने । लामो समय सम्मको लकडाउनका कारण मर्कामा परेका मजदुर, विपन्न वर्गलाई खाद्य सहयोग गर्न संचालन गरिएको अभियान ‘एकका लागि एक’ कार्यक्रम अन्र्तरगत हाल सम्ममा १ हजार २ सय भन्दा धेरै परिवारमा राहत पुर्याउन सफल बनेको एकका लागि एक अभियानले भोलीबाट दोस्रो चरणको कार्यक्रम संचलान गर्ने भएको छ ।

दोस्रो चरणको कार्यक्रम अन्तरगत सडकमै जीवन विताउदै गरेका, विभिन्न अस्पतालमा विरामी कुरुवाको रुपमा रहेका, असाहय असक्तहरुलाई तयारी खाना उपलब्ध गराउने भएको हो ।

आइतबार बिहान ९ बजेदेखी ११ बजे सम्म बिर्तामोडको वानस्टप मल अगाडी व्यवस्थित रुपमा एक प्याकेट सहाकारी विरियानी र एक बोटल पानी उपलब्ध गराउने तयारी गरिएको अभियान अन्तरगत खाना व्यवस्थापन संयोजक सञ्जिव घिमिरेले जानकारी दिएका छन ।

अभियानले प्रभावकारी रुपमा काम गरेर सर्वसाधारणको मन जित्न सफल बनेपछी देश विदेशबाट अभियान मार्फत लकडानको चपेटामा परेकालाई सहयोग गर्नेहरुको संख्या उल्लेखनिय रहेको छ । स्थानिय, देश विदेशबाट सहयोग जुट्ने काम भईरहेको छ ।
पहिलो चरणमा स्थानिय जनप्रतिनिधी मार्फत लक्षित वर्गमा एक परिवारका लागि २५ किलो चामल, दुई केजी दाल, नुन, साबुन लगातको सामाग्री बितरण गरिएको थियो । अब दोस्रो चरणको कार्यक्रम मार्फत १ हजार जनालाई खाना खुवाउने लक्ष्य लिईएको अभियानका संयोजक महेन्द्र गिरीले बताएका छन । गिरीले भने माई पूर्वको कुनै पनि ठाउँमा खाना आवसेक परे पुर्याउने जमर्को गरेका छौं, खबर गरिदिन स्थानिय संघ संस्था, नागरिक समाज समक्ष आग्रह पनि गरेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर