Aamsanchar

एकका लागि एक अभियानमा ४० लाख जम्मा, अमेरिकाबाट बस्नेत दम्पतीले पठाए ६० हजार

Author Image
आइतवार, वैशाख २८, २०७७

चारपाने । कोरोना भाईरस कोभिड–१९ महामारीको असरका कारण देश नै लगभग ठप्प बनेको अबस्थामा धेरैले दैनिक रोजगारी गुमाउन पुगेका छन ।

यस्तो आर्थिक संकटको अवस्थालाई मध्येनजर गरेर अतिविपन्न वर्गलाई खाद्ययन्न सहयोग उपलब्ध गराउने उदेश्यका साथ ‘एकका लागि एक’ अभियानका लागि  झापा  बिर्तामोड–१ निवासी हाल अमरिकाको टेक्सास डल्लासमा बस्तै आएका मनकारी दम्पती रबिन बस्नेत र रोमिया बस्नेतले अभियानको कोषमा ६० हजार रुपैया उपलब्ध गराएका छन । उक्त सहयोग रकम उपलब्ध गराईएको एकका लागि एक अभियानको सचिवालयले जानकारी दिएको छ ।

झापा लगायतका विभिन्न स्थानमा लक्षित वर्गको पहिचान गरि राहत वितरण थमाधम भई रहेको र आजबाट तयारी पकाएको खाना उपलब्ध गराउन पनि सुरु गरिएको छ । यसै क्रममा अभियानकालागि विभिन्न संघ संस्था र व्यक्तीबाट रकम जुटने काम तिब्र रुपमा भई रहेको छ । स्वदेश र विदेशबाट रकम जुट्ने काम भईरहेको छ,   विदेशबाट सबै भन्दा धेरै अमेरिकामा रहने नेपालहरुबाट सहयोग प्राप्त भईरहेको अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिएका छन् । हाल सम्म करिव ४० लाख  रकम जम्मा भईसकेको पनि बस्नेतले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१
सुनको भाउ बढ्यो
बुधवार, पौष २४, २०८१