Aamsanchar

कोरोना त्रास : झापासहित देशभरका मस्जिद तथा मदरसाको अनुगमन गरिदै

Author Image
सोमवार, वैशाख २९, २०७७

प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्के मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै मुस्लिम आयोगले झापासहित देशभरका मस्जिद तथा मदरसा अनुगमनलाई तीव्रता दिएको छ। मस्जिद तथा मदरसामा बसेका वा फसेका उनीहरूको अवस्था बुझ्न मुस्लिम आयोगले हरेक जिल्लामा अनुगमन समिति गठन गरेका छ। सोही क्रममा जिल्ला अनुगमन समिति झापाले जिल्लाका १५ वटै स्थानीय तहमा रहेका मस्जिद तथा मदरसाको अवस्था बुझ्न स्थलगत अनुगमन गरिरहेका छन्।

समितिका संयोजक सईद उल शेखको नेतृत्वमा गठित समितिका सदस्यहरू जाहिर रहमान, इन्ताज शेख, सरफराज शेख, सादिक अन्सारीलगायत टोलीले जिल्लाका ६० वटा मस्जिद र ३९ वटा मदरसा अनुगमन गरेका जनाइएको छ। समितिले हालसम्म बिर्तामोड नगरपालिकाका मस्जिद र मदरसा गरी आठ वटा, मेचीनगर नगरपालिकाको धुलाबारीका मस्जिद र मदरसा गरी चार वटा, कचनकवल गाउँपालिकाका १९ वटा मस्जिद र १० वटा मदरसा, भद्रपुर नगरपालिकाका मस्जिद र मदरसा गरी चार वटा, बुधशान्ति गाउँपालिकाको बुधवारेका मस्जिद र मदरसा गरी दुई वटा, अर्जुनधारा नगरपालिकाका मस्जिद र मदरसा गरी दुइटा, झापा गाउँपालिकाका ३१ वटा मस्जिद र १० वटा मदरसाको अनुगमन गरिसकेको संयोजक सइद उल शेखले जानकारी दिए।

उनका अनुसार दमक, बाह्रदशी, गौरादह, गौरीगंज, कनकाई नगरपालिकामा अनुगमन बाँकी छ। समितिले स्थानीय तह र प्रहरी प्रशासनसँग सहकार्यमा अनुगमन गरिरहेका छन्। ‘अनुगमनका क्रममा सबै मस्जिद तथा मदरसाले लकडाउन पालना गर्दै बन्द राख्नुका साथै सामाजिक दूरी कायम राखेका छन्,’ समितिका संयोजक शेख भन्छन्, ‘मस्जिद, मदरसाहरूमा मौलाना र मुअज्जिनबाहेक कोहीले पनि नमाज पढेका छैनन्, त्यहाँ कुनै पनि विदेशी नागरिक वा जमातीलाई राखिएको छैन।

अहिले मुस्लिम समुदायमा रोजा पर्व चलिरहेको छ। रोजामा राति ८ बजे तरादि नमाज पढिन्छ, त्यो मस्जिदमै गएर पढ्नुपर्नेमा यो संकटका बेला सबैले आआफ्नो घरमा पढिरहेका छन्।’ साथै अनुगमन समितिले जिल्लाका मुस्लिम बस्तीहरूमा समेत पुगेर कोरोना भाइरसबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिँदै आइरहेको उनले बताए। यता जिल्लाको बिर्तामोड १ स्थित जामा मस्जिद र दमक ७ स्थित जामा मस्जिदमा २३ जना जमाती बसेका छन्।

बिर्तामोडमा ९ मध्ये ८ जना भारतीय छन्, भने दमकमा १४ जना नै भारतीय नागरिक बसेका छन्। उनीहरू सबैको आरडिटी र पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि सेल्फ क्वारेन्टाइनमा राखिएको जनाइएको छ। जिल्लामा ७० मस्जिद र ४९ वटा मदरसा छन्। बाह्रदशीमा नेपाली मुस्लिम सुमदायका जमातीमा कोरोना भाइरस पुष्टि भए पनि उनले कोरोना जितेर घर फर्किसकेका छन्।  श्रोत : टायम्स अफ प्रदेश

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१