चारपाने । कोरोना महामारीका कारण लकडाउन लम्विएसँगै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपानेको अगुवाईमा सञ्चालन ‘एकका लागि एक’ अभियानले ६२ घरपरिवारलाई राहत वितरण गरेकोे छ ।
सहाराको अगुवाइमा १६ वटा संघसंस्था आवद्ध रहेको अभियानले झापाको बिर्तामोड नगरपालिका–२ चारपानेका विपन्न टोलका गरि ६२ घरपरिवारलाई मंगलबार राहत वितरण गरेको हो । अभियानले स्थानीयतहसँगको सहकार्यमा राहत वितरण गरेको हो ।
राहत वापत प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, एक लिटर खानेतेल र एउटा नुहाउने र एउटा कपडा धुने सावनसहित २ वटा सावुन राहत वापत वितरण गरिएको थियो ।
अभियान अन्तरगत हाल सम्ममा १ हजार २ सय ५० परिवारमा समक्ष राहत पुर्याई सकेको र पहिलो चरणको कार्यक्रम अन्तगत १५ सय परिवारमा राहत वितरण गर्ने र दोस्रो चरणको कार्यक्रम तयारी खाना वितरण गर्ने रहेकोले सो तयारी खाना वितरण कार्यक्रम पनि दुईदिन अघि बाट बिर्तामोडमा सुरु भई सकेको छ । खाना बितरण जेठ ५ गते सम्म विहान ९ बजेबाट दिउसो १२ बजे सम्म हुने बताईएको छ ।
सहारा नेपाल साकोस सहयोग समिति संयोजक विन्दु श्रेष्ठको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला रहेका थिए । संग्रौलाले कार्यक्रममा बोल्दै एकका लागि एक अभियानलाई सहारा नेपालको नेतृत्वमा १८ भन्दा धेरै संघसंस्थाको सहकार्यमा गरिएको यस कार्यक्रमले विपन्न परिवारको घरमा चुलो बाल्ने काम गरेमा अभियन्ताहरुलाई धन्यवाद दिएका थिए । वडाले दिने भन्दा एकका लागि एकले दिएको राहातको परिणाम धेरै छ । यहाँ राहत पाउनेले वडाबाट राहत नपाउने पनि संग्रौलाले बताए ।
कार्यक्रममा सहारा नेपाल साकोसका कार्यसमिति सदस्य शंकरप्रसाद रिजाल, सहारा नेपालका अध्यक्ष भरत गिरी, गैर सरकारी संस्था केन्द्रिय अध्यक्ष छविलाल खतिवडा, एकका लागि एकका अभियन्ता सदस्य भोला धिताल, सहारा नेपाल साकोसका उपनिर्देशक लक्ष्मण खतिवड, सहसचिव लालबहादुर गिरी, गोमा लिम्बु, वविता पराजुली, डिल्ली सिटौला, रमादेवी पौडेल लगायतको सहभागिता रहेको थियो ।
राहत बितरणको चौचित्यमाथीप्रकास सहारा नेपाल साकोसका कोषाध्यक्ष डम्बरबहादुर देउजा र कार्यक्रमको संचालन सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने सेवाकेन्द्र प्रखुम जगत कार्कीले गरेका थिए ।