Aamsanchar

नेपालमा दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण

Author Image
मङ्गलवार, वैशाख ३०, २०७७

पर्सा । पर्सामा फिल्ड रिर्पोटिङमा क्रियाशील पत्रकारलाई कोरोना संक्रमण भएको छ । मङ्गलबार पर्सामा भएका ३९ जना कोरोना संक्रमित मध्ये पत्रकार पनि रहेको नारायणी अस्पतालका मेसु डाक्टर मदनकुमार उपाध्यायले बताए ।

३९ जना मध्ये दुई जना पत्रकार सम्पर्कमा आएको उनले बताए । संक्रमितहरुसँग सम्पर्क भइरहेको हुँदा कति जना पत्रकार संक्रमित छन् भन्ने केही बेरमा थाहा हुने डाक्टर उपाध्यायले बताए ।

पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए । मङ्गलबार उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको अस्पतालले जनाएको छ ।

फिल्डमा खटिने पत्रकारहरुले सावधानी अपनाएर रिपोर्टिङ गर्न पनि उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर