Aamsanchar

आर्थिक गतिविधि खुला गरेर के हुन्छ ? पहिला मान्छे बाँच्नुपर्छ : प्रधानमन्त्री

Author Image
मङ्गलवार, वैशाख ३०, २०७७

फायल फोटो

काठमाडौं ।  सरकारले उद्योग धन्दा खोल्न दिने निर्णय फिर्तां लिने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाई गर्ने भएको हो । एक मन्त्रीका अनुसार त्यसबारे भोलि बुधबार सम्म सरकारका तर्फबाट केही निर्णय आउने छ । ‘खुकुलो पार्दा महामारी अनियन्त्रित रुपमा बढ्ने खतरा देखियो’, उनले भने, ‘उद्योग खोल्न दिने निर्णय फिर्ता हुन्छ ।’

ती मन्त्रीका अनुसार प्रधानमन्त्री केपी ओली मंगलबारको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल र सदस्य रहेका मन्त्रीहरुसँग असन्तुष्टि बनेका थिए ।

‘तपाईंहरुले खुकुलो पारौं भन्नु भयो । यो भावनामा डुबेर निर्णय गर्ने बेला होइन’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘मान्छे नै रहेन भने आर्थिक गतिविधि खुला गरेर के हुन्छ ? पहिला मान्छे बाँच्नुपर्छ ।’

लकडाउन खुकुलो पारिएसँगै राजधानी लगायत देशको सबै ठाउँमा  चहल पहल बढेको छ भने यति नै बेला कोरोना संक्रमितको संख्या बढेको छ । बुधबार मात्रै ५७ जना कोरोना संक्रमित थपिएका छन् । ती मन्त्रीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंको लकडाउन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने काम  प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले सडक बनाएको कुरा आफूलाई कसैले जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएका थिए ।  मन्त्रिपरिषदले शुक्रबारदेखि ४४ प्रकारका उद्योग खोल्न अनुमति दिएको थियो । यस्तै सरकारी कार्यालयहरुमा एक तिहाई कर्मचारीलाई हाजिर गराइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर