Aamsanchar

धन, बुद्धि र व्यापार वृद्धिका लागि बुधबार यी भगवानको आरधना गर्नुपर्ने रहेछ

Author Image
बुधवार, वैशाख ३१, २०७७

धन, बुद्धि र व्यापार वृद्धिका लागि बुधबार यी भगवानको बस्नुपर्छ व्रत । हिन्दू धर्मशास्त्र अनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित गरिन्छ । बुधबारको व्रत बुध ग्रहको कुप्रभावको शान्ति कामनाका लागि एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार) को पूजा गरिन्छ ।

कुनै नयाँ कामको थालनाका लागि बुधबारको दिन अति शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफुले चाहेको फल प्राप्त गर्ने विश्वास गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ ।

कुनै नयाँ कामको थालनाका लागि बुधबारको दिन अति शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफुले चाहेको फल प्राप्त गर्ने विश्वास गरिन्छ ।

व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ । ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नु पर्दछ । यो व्रतमा पनि एकछाक नुन बार्नु पर्दछ । भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ । गाई छ भने गाईलाई सेवा गर्ने गर्नुपर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१