Aamsanchar

 त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै एनसेलले ल्यायो मोबाइल क्लास डेटा प्याक

Author Image
बिहिवार, जेठ १, २०७७

काठमाडौं : विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्छन् । उच्च शिक्षाको लागि देशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थीहरुकालागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ ।

लकडाउन अर्थात बन्दाबन्दीले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याक बुधबार, वैशाख ३१ बाट संञ्चालनमा ल्याएको छ । विद्यार्थीले रु १५० (कर सहित) १९१.५४ मा यो प्याक सुचारु गर्न सक्छन् । प्याक अन्तर्गतको डेटा भोलुमको समयसिमा ७ दिनको रहनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर