कनकाई । कनकाई नगरपालिकाले राहात वितरण कार्यलाईलाई परिवर्तन गरेको छ ।
यस अघि लकडाउनका कारण रोजगारी नभएर समस्यामा परेका परिवारलाई राहत स्वरुप चामल, दाल उपलब्ध गराउदै आएकोमा तिन दिन यता देखि टोल टोलमै दालभात खुवाउन सुरु गरेको छ ।
सामाजिक दुरी कायम राख्दै स्थानियलाई नै खाना पकाउने र बितरण गर्ने जिम्मेवारी प्रदान गरेर टोलमा खाना खुवाउन सुरु गरेको हो । यतीखेर विभिन्न परिवारका १ सय १५ जना एकै परिवार बनेर एकै भान्छा खाईरहेका छन ।
कनकाई–८ को बिरिङ खोलापारी सुकुम्बासी टोलबाट सामुहिक भान्छा सुरु गरिएको छ । सामुहित भोजन कार्यक्रमलाई अन्य टोलमा पनि सुरु गरिने कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताएका छन ।
कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषबाट भात खुवाउन थालिएको हो । चामल वितरण गर्दा भकारीमा थानहुने र समस्यामा परिनसकेकाले पनि राहत दिईदिदा राहत वितरणमा समस्या देखा परेकोले वास्तविक पिडत भोक भोकै रहनु नपरोस् भनेर दाल भात खुवाउन सुरु गरिएको वडाध्यक्ष प्रेमबहादुर कटुवालले बताए ।
स्थानिय सरकारबाट चामल र दाल उपलब्ध हुन्छ, तरकारी मरमसला हामि आफै घरघरबाट ल्याउने गर्दैछौं अव तरकारी, मसला अभाव भएको छ, किनेर ल्याउ भने काम बन्द भएकोले हातमा पैषा नपरेको दुई महिना हुन लाग्यो किनेर ल्याउने उपाए छैन । तरकारी र मसला कतैबाट प्राप्त भए राम्रो हुन्थ्यो खाना खुवाउने समितिका संयोजक जंगबहादुर लुवागुन भन्छन ।