Aamsanchar

चीनसँग अमेरिका रुष्ट, सबै सम्बन्ध तोड्ने ट्रम्पको धम्की

Author Image
शुक्रवार, जेठ २, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना महामारीका लागि चीनको आलोचना गर्दै उससँग सम्बन्ध तोड्ने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं । ट्रम्पले पुनः आफैंले सोधे, ‘यदि यस्तै भए के होला रु ’ र जवाफ दिए, ‘यदि सबै सम्बन्ध तोड्नुभयो भने तपाईंले आफ्नो ५ सय अर्ब डलर बचाउनुहुनेछ ।’

ट्रम्पको इशारा चीनसँगको द्वीपक्षीय व्यापारमा अमेरिकाको विशाल घाटातर्फ थियो । अमेरिका पछिल्लो केही समयदेखि चीनमाथि भाइरसका लागि क्षतीपूर्ती दिनका लागि दबाब बनाइरहेको छ ।

अमेरिकाले चीनमाथि महामारीको सुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ । तर चीनले लगातार यो आरोप अस्विकार गर्दै आएको छ ।

ट्रम्पकोे चीन–विरोधी बयानलाई मानिसहरुले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको रणनीतिको रुपमा हेरिरहेका छन् ।

स्रोतः बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर