लक्ष्मीपुर । शुक्रबार बिहान १० बजे झापाको कनकाई र अर्जुनधारा नगरपालिकाको सीमा स्थलनमा रहेको लक्ष्मीपुर चोक हिमाली माध्यमिक विद्यालयको प्राङगढमा सुत्केरी, जेष्ठनागरिक, युवा र केही बालबालिकाहरु लामवद्ध बसेका थिए । बसेका मध्येले कतिले मास्क लगाएका थिए कतिले आफ्नो साडीको सप्को र सल अनि रुमालले नाकमुख ढाकेका थिए ।
लामवद्ध भेला भएकाहरु कोही नजिक त कोही निकै टाढाबाट साईकल चढेर आएका थिए धेरै जना पैदल नै । उनिहरु आउनुको एउटै उदेश्य थियो राहत लिनु ।
विगत केही हप्ताबाट विभिन्न ठाउँका अतिविपन्न सर्वसाधारणहरुलाई राहत वितरण गर्दै आएको ’एकका लागि एक’ अभियान अन्तरगत शुक्रबार लक्ष्मीपुर क्षेत्रका ४५ विपन्न परिवारलाई राहत लिन बोलाइएको थियो ।
अग्रभागमा स्थानिय जनप्रतिनिधी, नागरिक अगुवाको पनि राम्रै उपस्थिती रहेको थियो । सबैजना एकआपसमा एक मिटरको दुरी कायम गर्दै बातचित गरिरहेका थिए । उनिहरुको बातजित कुनै राजनिती दलका नेता र पार्टीको बिषयमा भने थिएन । जिज्ञाषा थियो नेपालमा कोरोना संक्रमणले सारै अफ्ट्यारो पार्यो लकडाउका कारण रोजगारी गुमाउनेहरुको अवस्थाको बरेमा चिन्ता र चासो लिईरहेका थिए ।
अभियानले विपन्न वर्गकालागि यतीवेला निकै समस्याका दिन बनेको छ । खाँउ घरमा केही छैन काम गरेर कमाउन जाउँ जाने ठाँउ छैन । त्यस्तै समस्यामा परेकाहरुलाई विगत केही हप्ताबाट विभिन्न ठाउँका अतिविपन्न सर्वसाधारणहरुलाई राहत वितरण गर्दै आएको एकका लागि एक अभियानले कुनै पनि सामाकिक सुरक्षा भत्ता नलिएका परिवारका सदस्य वैदेशिक रोजगारीमा नगएका अतिविपन्न पहिचान गरि राहत वितरण गर्दै आएको छ ।
एक परिवारलाई २५ किलो चामल, दुई किलो दाल, एक किलो नुन र एक प्याकेट तयारी खाना र एक वोटल पानी वितरण गरिएको थियो ।
सहारा नेपाल साकोसको संयोजनमा जिल्लाका १८ संघ संस्थाको सहभागिताका संचालन भईरहेको अभियान अन्ततरग सहारा नेपाल साकोसको लक्ष्मीपुर सेवाकेन्द्रको सहजीकरण र स्थानिय सामाजिक व्यक्तिहरु आफै लागेर लक्षित वर्गको पहिचान गरि औपचारिक कार्यक्रम मार्फत राहत वितरण गरिएको कार्यक्रम निकै व्यवस्थित र पारदर्शिता देखिएको थियो । राहत वितरणमा स्थानिय बहुपक्षको सहभागीतानै एक उदाहरण हो ।
सहारा नेपाल साकोस लक्ष्मीपुर सेवाकेन्द्र सहयोग समितिका अध्यक्ष शम्सेर गिरीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा कनकाई –८ का वडाध्यक्ष प्रेमबहादुर कटुवालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि कटुवाल र विषेश अतिथिमा अर्जुनधारा नगरपालिका वडा नं.५ का वडाध्यक्ष ध्यानबहादुर भारतीले राहतको कुपन वितरण गरेका थिए । त्यसैगरी हिमाली मावीका प्रधानाध्यापक केशवप्रसाद ओझा, लक्ष्मीपुर खानेपानीका अध्यक्ष लिलाबहादुर कटुवाल, सम्वाद समूहका सहजकर्ता एकराज गिरी, नेपाल फोटोपत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, लक्ष्मीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बस्नेत, स्थानिय समाजसेवीहरु दुर्गा पराजुली, डम्बर उप्रेती, नारायण काफ्लेले पनि कुपन वितरण गरेका थिए ।
कार्यक्रमको संचालन सहारा नेपाल साकोस लक्ष्मीपुर सेवाकेन्द्र प्रमुख उमेश भारतीले गरेका थिए ।