दारी पुरूषहरुको चिउडो, गाला तथा घाटिको वरिपरि आउने रौँ हो । मुख्यतः केटाहरू युवा अवस्थामा प्रवेश गर्न थालेपछि दारी पलाउन थाल्दछ । दारीलाई युवा अवस्थाको चिनारीका रुपमा पनि लिने गरिन्छ । युवा अवस्थामा दारी र जिम्मेवारी दुवै हुने भएकाले होला ‘गालामा दारी काघमा जिम्मेवारी’ भनिएको हो।
दारी पाल्ने फेसन आजकाल पुरुषहरुमा धेरै नै बढेको छ । आज भोलिका युबाहरुले दारी पालेको देख्दा सुन्दा अचम्म लाग्ला तर, दारी पाल्नु सौख,रहर,इच्छा हुँदा हुँदै दारी पालेका युबाहरुको समूह दारी ग्याङ्ग पनि हो । विशेषज्ञहरुका अनुसार दारी प्रती फरक फरक धारणा रहेको छ ।कतिपय युवा हरुले हिजो बाउबाजेले पालेको देखेर पनि पाल्न थालिएको हो। तर साच्चै नै दारी अहिले युबाहरुको लागी चिनारी बन्न पुगेको छ ।
पौराणिक समयमा पनि ऋषिमुनि ,साधुसन्त हरुले पाल्ने गरेको दारी आज भोलिका युवा पिडिले पालेको देख्दा धेरैले बौला पागल पनि भन्ने गरेका घटना हरु छन । तर मेरो बिचारमा दारी नपाल्ने मान्छेले अरुले पालेको देख्दा भन्ने येस्तै नै हो। विश्वका वैज्ञानिकहरु ले पनि दारी पालेको पाइएको छ । दारी पालिरहेको देख्दा समाजमा धेरैले धेरै किसिमको प्रश्न गरेको देख्न सुन्न पाइन्छ । अनि अझै पनि दारी पाल्ने मान्छेहरु प्रती समाजले हेर्ने नजर नकारात्मक छ ।
दारी पाल्ने मान्छे फटाहा हुन्छ ,टोले गुण्डा हुन्छ र गलत बाटोमा हिड्ने मान्छेले दारी पाल्छ भन्ने कुरा दारी पालेर र सामाजिक कार्य गर्ने युवा हरुले बिस्तारै चिर्दै छन। पछिल्लो समय दारीग्याङ्ग का कारण दारी एक प्रकृतिको वरदान साथै परिपक्वता र जिम्मेवारी वहन गर्नसक्ने अवस्था पनि हो भन्ने कुरालाइ प्रमाणित गरेको उधारण धेरै छन। यस समुहले वास्तवमा ‘आपसी माया, स्नेह, शान्ति, सद्भाव, सामाजिक कार्य र मानवता’ लाई मूल मन्त्रको रुपमा मानेको छ । यही मन्त्रमा केन्द्रित रहेर समूहले आफ्नो सञ्जाल बिस्तार गरिरहेको छ । दारी ग्याङ्ग समूहमा हाल १ लाख ३ हजार भन्दा बढी युवाहरू जोडिएका छन् ।
दारी अनि ग्याङ्ग येसरी यसरी जुर्योको थियो नाम :
एकदिन जगदीश भण्डारी र उनका एक साथी संस्कृतविद् सत्यमोहन जोशीलाई भेट्न उनको घर पुगे । जोशीले उनीहरूलाई एकछिन नियाले र हाँस्दै भनेँ, ‘तपाईंहरू दारी ग्याङ त होइन ?’ सुरुमा भण्डारी र उनका साथीले सत्यमोहनको कुरा बुझेनन् । ‘होइन’ भनेर सामान्य प्रतिक्रियामात्र जनाए ।
तर, जोशीले पुकारेको नाम उनीहरुलाई ‘क्याची’ छ भन्ने लाग्यो । जोशीलाई भेट्नुअघि जगदीश र उनका अन्य साथीहरू मिलेर २५ जनाको फेसबुक च्याट ग्रुप बनेको थियो । ग्रुप रमाइलो र केही व्यक्तिगत सूचना आदान–प्रदानका लागि मात्र खोलिएको थियो । तर, २०७२ सालको भूकम्पपछि उनीहरू सोही ग्रुपमार्फत सामाजिक कार्यमा समेत सक्रिय हुन थालेका थिए ।
अन्य फेसबुक ग्रुपको सूचना आफ्नो च्याट ग्रुपमा सेयर गरेर भूकम्पपीडितलाई सहयोग गर्न पुग्थे । पछि उनीहरूले च्याट ग्रुपलाई फेसबुक ग्रुपको रुपमा विकास गर्ने सोच बनाए । नाम के राख्ने ?साथीहरूबीच छलफल भयो । सोहीबेला सत्यमोहनले उच्चारण गरेको शब्द ‘दारी ग्याङ’ उनीहरूको दिमागमा क्लिक भयो र ग्रुपको नाम नै ‘दारी ग्याङ’ राखियो ।
तसर्थ अवको समाज र सम्पुर्ण मानव जातीले दारी पाल्ने मान्छे लाई कुदृष्टिले हेर्नू भन्दा पनि दारी पाल्नुको कारण बुझ्नु जरुरी छ । सरसफाइ ,सरसहयोग ,सेवामुखी कार्य र देशका ठुलठुला कार्यहरुमा दारी पाल्ने सामाजिक अभियान्ता तथा दारी ग्याङ्ग परिवार को समावेश भइरहेको छ ।अब दारी किन पालेको भनेर बुझेर दारी पाल्ने मान्छे प्रती सम्मानको भाव प्रदर्शन गर्नु जरुरी देखिन्छ । ‘मैले पालेको मेरो दारी दुनियाँलाई किन भारी’ ’गालामा दारी काधमा जिम्मेवारी ’ दारी प्रती सम्बन्धित केही लाइन हुन।