कनकाई: झापा कनकाई नगरपालिका ३, सुरुङ्गाका एक बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
घरमा श्रीमती नभएको बेला लामो समयदेखि दैनिक मादक पदार्थ सेवन गरेर घरमा आएर छोरीलाई जवरजस्ती करणी गर्ने गरेको भन्दै छोरीले प्रहरीमा उजुरी गरेपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक पदमसुन्दर लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले हिजो बेलुकी ती पितालाई घरबाटै पक्राउ गरेको हो ।
प्रहरी छोरी बलात्कार गर्ने बाबुको घरमा पुग्दा प्रहरी थप तिनछक्क परेको थियो । प्रहरीले ती बलात्कारी पितालाई मात्रै पक्राउ गरेन उनको घरबाट एसएलआर र थ्री नट थ्री मा लाग्ने १२ थान बन्दुकको गोली समेत उनको घरबाट बरामद गरेको छ । ती पिता केहि समय अघिसम्म विप्लप माओवादीको कार्यकर्ता रहेको र केहि समय पहिले मात्रै उनलाई आफ्नो पार्टीले कार्वाही गरिसकेको विप्लपका एक नेताले बताएका छन ।
प्रहरीले छोरीको उजुरीका आधारमा पक्राउ गरि हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । उनलाई हाडनाता करणी र हातहतियार खरखजानाको मुद्धा लाग्ने एक प्रहरी अधिकारीले बताएका छन ।