
काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिका चार दिनका लागि सिल गरिने भएको छ।

६ जना कोरोना सङ्क्रमित फेला परेपछि आज (शनिबार) दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिने भएको हो।
स्थानीयलाई भने घर बाहिर हिँडडुल गर्न रोक लगाइसकेको छ। चन्द्रागिरी नगरपालिका क्षेत्रको मच्छेगाउँ, दहचोक, बलम्बु, सर्तुगलमा एक एक र दुई जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमित हुनेमा दुई जना सात वर्षीय बालक छन् भने उनीहरु सतुंगल र दहचोकका रहेका छन्। त्यस्तै चन्द्रागिरिकै ३२ वर्षीय पुरुष र ३३ वर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।
Views: 214


