Aamsanchar

मृत्यु भएकी सुत्केरी महिलामा कोरोना पोजिटिभ, थप यकिन गर्न प्रयोगशाला पठाइयो

Author Image
शनिवार, जेठ ३, २०७७

काडमाडौं ।  कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।

बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी २९ वर्षीया महिलाको शुक्रबार साँझ उपचारका क्रममा कोरोनाको संक्रमणबाट निधन भएको भन्ने लगभग पुष्टी भएको छ तर अझै पनि मृत्युको कारण कोरोनाबाट हो या होईन भन्ने कुरालाई  थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको अस्पतालको भनाई छ ।श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर पीसीआर परीक्षण गरिएको थियो।

मृत्युपछि स्वाबको पुनः जाँचका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो र त्यहाँ पनि पोजेटिभ नजिता देखिएको हो ।उनी आठ दिनअघि त्रिवि शिक्षण अस्पतालबाट डेलिभरी गराएर घर फर्किएकी थिइन्। निधन भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अहिले धुलिखेल अस्पताल सिल गरिएको छ।
अहिले आकस्मिक कक्षका चिकित्सक, नर्स सबैको स्वाब कलेक्सन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ। त्यसका साथै ति बिरामीको उपचारमा सहभागी सबै चिकित्सकलाई पनि अस्पतालमा छुट्टै राखेर स्वाब परीक्षण गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर