Aamsanchar

जीपी फाउण्डेसनले दियो फोटोपत्रकारलाई दुईसय थान ज्याकेट

Author Image
शनिवार, जेठ ३, २०७७

काठमाडौं ।  जीपी फाउण्डेसनद्धारा नेपाल फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग प्राप्त भएको छ ।

प्रेस ज्याकेट फाउण्डेसनकी अध्यक्ष सुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका विच महासंघलाई काठमाडौमा शनिबार हस्तान्तरण गरिएको थियो ।

समाचार संकलन र फोटो खिच्नको लागि अग्रभागमा पुग्नु पर्ने बाध्यतमा रहेका फोटोपत्रकारहरुको परिचय झल्काउने २ सय थान प्रेस ज्याकेट सहयोग स्वरूप महासंघलाई प्राप्त भएको महासंघका महासचिव हरिप्रसाद रेग्मीले बताएका छन ।

ज्याकेट हस्तान्तरण कार्यक्रममा संक्षिप्त रुपमा बोल्दै अध्यक्ष कोईरालाले फोटोपत्रकारहरूले सधै अग्रपंतीमा रहेर रिपोर्टिङ गर्नुपर्ने भएकाले फाउण्डेसनले प्रेस ज्याकेट सहयोग गर्न पाएकोमा खुशी लागेको बताएकी थिईन ।

त्यसैगरि महासंघका अध्यक्ष ध्रुव आलेले कोरोना महामारिका कारण विभिन्न क्षेत्रमा लकडाउन र कर्फ्यु जारि भएकाले हालको अवस्थामा फिल्डमा अग्रपंतीमा रहेर रिपोर्टिङ गर्नुपर्ने फोटोपत्रकारलाई प्रेस ज्याकेटले ठूलो सहयोग पुग्ने भन्दै फाउण्डेसनलाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर