Aamsanchar

विश्व दूरसञ्चार दिवस (टेलिफोनको सुरुवात यसरी भएको थियो)

Author Image
आइतवार, जेठ ४, २०७७

फोन अर्थात् दूराभाष यन्त्रको आविष्कारसँगसँगै हेल्लो शब्दले एउटा विश्वब्यापी आकार पायो अनि सबैतीर गुञ्जीयो हेल्लो, के छ रु हेल्लो नमस्ते, सञ्चै आदि ईत्यादि हेल्लोका त्यान्द्राम्यान्द्राहरु ।

फोन अथवा दुरसञ्चारको गहकीलो साधन्, कर्णफुसफुस, फोनबाजा या अन्य धेरै नामले हामीले भन्दछौ नि । हो यसै फोनका जन्मदाता वैज्ञानीक ग्राहम बेल हुन तथापि हेल्लो शब्दको आविष्कार या शुरुवातको श्रेय भने अर्का महान वैज्ञानीक थोमस एडिसनलाई जान्छ भन्ने तर्कहरु छन् । अब गएको शताब्दीको कुरा न हो, कतिले भने ग्राहमबेल की प्रेमीकाको नाम हेल्लो भएकाले उन्ले यस नामलाई फोनको संबोधन मार्फत संसारभरि अमर बनाउन हल्लो नामको प्रयोग गरेको बताँउद छन् । कुरा जे होस् तर आजको यूग मोबाईल फोन, इन्टरनेट अनि अन्य सञ्चारका साधनहरुको यूग हो जहाँ एउटा क्लीकमा संसार उपलब्ध छ ।

चलचीत्र देखी गीतसम्म, खाना देखि कपडासम्म अनि संसारका कुनै पनि कुनाका मान्छे या विषयसँग ईन्टरनेटले क्षणभरमै साक्षात्कार र वार्तालाप गराईदिन्छ । पुराणहरुमा कल्प वृक्षको अवधारणा छ, यस्तो वृक्ष जस्ले हरेक मनोकामना पूर्ण गरिदिन्छ त्यसलाई कल्प वृक्ष भनिन्छ । यसअर्थमा सञ्चारको यूगले पनि ईन्टरनेट रुपी कल्पवृक्ष पाएको छ अनि विभिन्न ग्याजेटहरु प्रयोगले हामी स्वतन्त्र ईन्टरनेट संसारमा विचरण गर्दछौ, हैन त ? दुरसञ्चार अर्थात परपरसम्म सञ्चार गर्ने प्रवीधीको यो यूगान्तकारी परिवर्तन १९औँ शताब्दीको अन्त्यवाट अझ धेरै प्रगतीउन्मुख भएको हो । नत्र हाम्रै समाजमा शनिवारको दिन एकफेर एक कल फोन गर्न पालो कुरेर बस्ने, मान्छे बोलाउन पर्ने अनि महिनौ लगाएर डाँकसेवा मार्फत, हुलाक मार्फत चिठि पठाएका, आकाशवाणी मार्फत सन्देश पठाएका र पाएका पुस्ताहरु जिवितै छन् । उत्ति पुराना कुरा पनि पल्टाउन पर्दैन किनभने सामान्य मोवाईलको सिम लिन रातभरि जाग्राम बसेका हामीमध्य धेरै छौ र धेरै पछीसम्म पनि मोबाईलको रोमीगं शुल्क बहन गर्नपथ्र्यो यदि एक क्षेत्रको मोवाईल अर्को क्षेत्रका लगिएमा । थोरै नेपाली दुरसञ्चार ईतिहासका पानाहरु प्रस्तुत गर्न चाहयौ ।

सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाईन जोडिएको मा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाईन जडान गरिएको थियो । सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालिन राणा परिवारले प्रयोग गर्ने गरी १०० लाईन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो , यी फोनहरु शाषक वर्गकालागी मात्र उपलब्ध थियो ।

सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाईन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो । सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरियो । १९९५ मा आएर सञ्चार प्रविधिको नविनतम् उपलब्धि अप्टिकल फाइबर नेटवर्क जडान भयो । १९९७ मा विरगंज९रक्सौल अप्टिकल फाइबरको माध्यमबाट भारतीय दूरसञ्चार निगमसँग सिधा सम्पर्क जोडियो । सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भयो । २००३ मा आएर प्रिपेड मोबाइललाई विस्तार गरियो । २००५ मा सिडिएमए फोन सेवाको थालनी भयो । नेपालभर विस्तारित मोबाइल नेटवर्कमा सन् २००७ मा आएर जिपिआरएस र थ्रिजी सेवाको थालनी भयो । त्यसपछिका उपलब्धीहरु त नयाँ पुस्ताले पनि गवाही दिन सक्छ ।

तर सुस्तरि हाम्रा पुस्ताहरु मोवाईल, ईन्टरनेट, फेसबुक, यूट्यूब लगायत अन्य प्रविधी र दुरसञ्चारका किर्तिमानी आयामसँग लुटपुटिँदै हुर्कदै छन् । विश्व समुदायले दुरसञ्चारका यस्तै प्रविधीका विकाससँगै आएका चुनौती र अवसरहरुलाई केलाँउदै मानव विकासका श्रृख्लाको फेरिहिस्त आज वर्णन गर्दछ, विश्व दुरसञ्चार दिवस र सूचना प्रविधी समाज दिवस मार्फत् ।

सञ्चार प्रविधिबारे नागरिकहरुलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाइदैछ । नेपालमा समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरुको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ ।

हरेक कुराका आफ्नै सकारात्मक अनि नकारात्मक पक्षहरु हुन्छन् । समुन्द्र पारिबाट हरेक दिन फोनमा कुरा गरेपनि घरको तिर्सना उत्तिकै हुनेगर्दछ, बिरामी पर्दा फोन या भिडियो मार्फत स्नेहमयी आवाज भन्दा न्यानो हातको स्पर्शको महत्व धेरै हुन्छ, मानव स्वभावले नै स्पर्श अनि निकटताको पेरिफेरिमा रहेको छ, भौतीक उपस्थितीलाई भने दुरसञ्चारका आयामहरुले प्रतिस्थापित गर्न सक्दैनन् । आँउदा पुस्ताहरु खेल मैदानको खेल भन्दा मोबाईल गेम र भिडियोमानै धेरै ब्यस्त त भएका छैनन ? फेसबुकमा जन्मदिनको ओहीरो लाग्दा जन्म दिनकै दिन भेटेर अगांलो हालेर शुभकामना दिने मान्छे कत्तिका छन् रु यर्थाथ र भर्चुअल कुराहरु विचको समबन्ध बुझ्न जरुरी छ, ईन्टरनेटमा च्याट भएकै हिसाबले फोटो हेरेकै भरमा प्रेममा पर्नु नराम्रो त हैन तर देख्दै नदेखि क्यामराको लेन्स र इन्टरनेटको प्रतीलीपीहरुमा विश्वास गर्नु कत्तिको सान्दर्भिक छ, अन्वेषण जरुरी छ ।

दुरसञ्चार दिवसले मानवताका यी आयामहरु पहिचान गरोस् । समाजलाई गज्जबको च्याट गर्ने हैन सहृदय बोल्न सक्ने मान्छेको पनि उत्तिकै खाँचो छ, पोष्ट शेयर मात्र हैन पिडा र खुशी शेयर गर्ने मित्रको खाँचो छ नि फेसबुक या यूट्यूबका पेज मात्र नभई सबैजना बसेर चिया खाने र गफ गर्ने पाटीहरु पनि चाहिएको छ ।

दुरसञ्चारले निकट समबन्धहरुको अवहेलना र आत्मियताको हत्या नगरोस् । यसको सही प्रयोग अनि सिमाहरु सबैलाई थाहा होस् । दिनभरिमा हाम्रा फोनहरु कैयन पटक बज्नेछन्, हरेक पल्ट सुख्खद खबर पाईयोस्, आशाको सञ्चार होस् । नयाँ पुस्ताले मोवाईल र कम्प्यूटर स्क्रीन वाहिरका संसार देखुन र बुझुन । ग्राफिक्स भित्रका गहिराकुराहरुका साथै खेतका गह्रा, वास्तविक खेल, दौड, समाज अनि मान्छेको माया बुझुन है ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
शुक्रवार, पौष ५, २०८१
चार स्थानको तापक्रम माइनसमा
शुक्रवार, पौष ५, २०८१
आजको माैसम
मङ्गलवार, पौष २, २०८१