Aamsanchar

विश्व उच्च रक्तचाप दिवस (केही जानकारी सहित)

Author Image
आइतवार, जेठ ४, २०७७

महत्वपूर्ण दिवसको जून विश्व समुदायले हरेक वर्षको मे १७ तारिखकै दिन साँचेर राखेर मनाँउदछ । विश्व उच्च रक्तचाप दिवस्, सामान्य तया हाई ब्लडप्रेशर भन्छौ हामी जसले धेरै जनाको शरीरमा धेरै खती गरेको छ विश्वभरि नै ।

उच्च रक्तचापलाई हाईपरटेन्सन पनि भनिन्छ, सन् २००५ वाट यस दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जिवनशैली, प्याकेटका खानेकुरा, प्रशोधीत पदार्थ, ब्यस्त जिवनशैली अनि चाहनाहरुको गुणन गर्ने र नचाँहीदो सम्पती र प्रगतीको प्रतिस्पर्धाले मानिसलाई हाईपरटेन्सीभ वनाँउदैछ । हामीसबै सतर्क हुन जरुरी छ ।

हरेक दिन मधुशालामा छिर्न सक्ने मान्छेले विहान उठेर केही दैनिक ब्यायाम गर्न भ्याँउदैन, साना ठूला सबैलाई सामान्य घरको खानेकुरा भन्दा वाहिरका खानेकुराहरु र प्याकेटका कुराहरुमा रस पसेको छ अनि मनभित्र छँदै छ, जीवनमा नचाँहीदा तनावहरु । हामीसबै हाईपरटेन्सनको जोखिममा छौ ।

हाईपर टेन्सन आधुनिक समाजको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो , ध्यान पूर्याउन जरुरी छ । पाउने र गुमाउने होडवाजीमा जीवन बाँच्न विर्सिएका यी पुस्ताहरुमा शान्ती अनि समानताको एउटा मोडको खाँचो छ । ब्लडप्रेशरलाई ठिक ठाँउमा राख्न जरुरी छ, सामान्यतया माथिल्लो प्रेशर अर्थात सिस्टोलिक १२० र तल्लो डायस्टोलिक ८० हुने गर्दछ । आजको दिन थोरै समय निकालेर एकफेर ब्लडप्रेशर जचाँउने पो हो कि रु स्मरण रहोस हृदय रोगका कारक तत्वहरुमा रक्तचाप उच्च हुनु महत्वपूर्ण र भयानक कारण हो । यसका कारण मृगौलाका रोगहरु, थाईरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरु पनि लाग्दछन् ।

ओखतीको सेवन र डाक्टरकोमा वर्षभरि धाउनुको साटो समय समयमा आँफै शरीरलाई जाँच गराउन ठिक हुन्छ, यस तर्फ हामी सचेत हुन जरुरी छ ।

धुम्रपान, मद्यपानबाट टाढा रहनु अत्यन्त राम्रो हो तथापि नसकेको खण्डमा कम प्रयोग गर्ने, दैनिक ब्यायाम गर्ने अनि खेलकुदमा आफूलाई संलग्न गराउने गरेमा हामी धेरै रोगहरुवाट मुक्त हुन सक्दछौ । दैनिक ब्यायामहरुले थकान महसु्स गराएर निन्द्रा पर्ने हुन्छ, रात्रि सिफ्ट कार्य गर्ने र रात्रिकालिन समयमा धेरै बेर बस्ने मान्छेहरुमा हाईपरटेन्सनको संभावना धेरै हुन्छ । रक्तचापको एउटा निर्धारित चाप छ, त्यसमा बढी र गलत दुबै हानीकारक हो । आफ्ना लागी समय निकालौ है, बैकंका ब्यालेन्सले सुख त देलान तर स्वास्थ्य भन्दा ठूला्े सुख केही हैन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)