Aamsanchar

क्वारेन्टाइन बसेका बाँकेका युवकको मृत्यु, कोरोनाको कारण हुन सक्ने आशंखा

Author Image
आइतवार, जेठ ४, २०७७

बुटवल । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो ।

क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । नरैनापुर-५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी लागेको थियो ।

उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।

क्वारेन्टाइनमा मृत्यु भएकाले कोरोना  र अन्य कुनै कारणले पनि हुनसक्छ    मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । युवकको मृत्युको जानकारीपछि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पठाइसकिएको प्रजिअ खड्काले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर