Aamsanchar

चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा नागढुंगाबाट एक जना पक्राउ

Author Image
आइतवार, जेठ ४, २०७७

काठमाडौं । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक युवा  पक्राउ परेका छन।

पक्राउ युवा   चन्द्रागिरि नगरपालिकाका उत्तम कार्की रहेका  छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने उनले  बताए ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।

उनीहरुले प्रहरीकै अगाडि कार्कीको खनतलासी पनि लिएका थिए । प्रहरी भने मुखदर्शक बनेर हेरिरहेको स्थानियले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर