Aamsanchar

अपरा एकादशी ( श्री कृष्णले भन्दै जान्छन् र यूधीष्ठिर श्रवण गर्दै जान्छन्)

Author Image
सोमवार, जेठ ५, २०७७

अपरा एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरलाई ब्रहमाण्ड पुराणमा वताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद आज यस पावन एकदशीमा प्रस्तुत गर्ने जर्मको छ । एकदिन यूधीष्ठिरले जर्नादनलाई सोध्दछन् । जेष्ठ महिनाको कृष्णपक्षमा पर्ने एकादशी कुन हो भनेंर । यस एकादशीको महिमा सकल वर्णन गर्न अनि हरिको कृपा सारसंक्षेपमा बुझाउन यूधीष्ठिरले श्री कृष्णसंग आग्रह गर्दछन् ।

श्री कृष्णले वडो आदर अनि प्रेमका साथ उजागर गर्दछन्, राजा तपाईले राम्रो प्रश्न सोध्नुभयो, यस प्रश्नको उत्तरले समग्र मानव समाजलाई नै कल्याण गर्नेछ । यस एकादशीको काव्यात्मक रस, भक्ति प्रसंग अनि पावन कृपाले समग्र मानव जगतको कल्याण हुने श्री कृष्णले बताए ।

कृष्ण जी ले थप्दै गए ।
हे राजन जेष्ठ महिनाको यस पावन एकादशी अपरा एकादशी हो, यस एकादशीमा व्रत राखेर महिमा गर्ने भक्त विश्वमै विख्यात हुनेछन् । गौहत्या, ब्राह्मण हत्या, भ्रुणहत्या या परस्त्रीगमन जस्ता महापाप पनि यस एकादशीको व्रत र भक्ति अनि प्रायश्चित गर्ना ले कट्नेछ । ब्राहमण को वास्तवीक अर्थ कुनै जात, धर्म या थरसंग समबन्धीत नभईकन ज्ञानको प्राप्तीका लागि परेका सबैलाई ब्राह्मण श्रेणीमा गणना गरिएको सार अवगत गराउन चाह्यौं ।

श्री कृष्ण आज्ञा गर्नुहुन्छ ।
हे राजन ती व्यक्तिहरु जसले लगत वयान दिन्छन्, सत्यको पक्षमा नलागी असत्यका लागि षडयन्त्र गर्दछन् तिनीहरु अत्यन्त पापी ठहरिन्छन् । बेद गलत व्याख्या गर्ने या पढ्ने, आफ्नो कर्तव्य नगर्ने, अरुलाई ठग्ने, भुुढा पेशा गर्ने हरु सबै महापापी हुने श्री कृष्णको ठम्याई छ । यी सबै महापापीहरु ले आफ्नो पापको प्रायश्चित गर्न यस एकादशीमा भक्तिभाव अनि हरिको शरण पर्न सक्ने श्री कृष्णको ठम्याई छ ।

हे राजन म अपरा एकादशीको थप वर्णन गर्दछु, श्री कृष्णले भन्दै जान्छन् र यूधीष्ठिर श्रवण गर्दै जान्छन् । कार्तिक मासमा पुस्कर क्षेत्रमा दैनिक ३ पटक स्नान गर्दा झैं, माघ मासमा प्रयाग क्षेत्रमा स्नान गरे झैं, वनारसमा शिवरात्रिको दिनमा आराधना गरे झैं, गयामा पितृलाई पिण्ड दान गरे झैं, सिंह राशिमा बृहस्पती प्रवेश गर्दा गौतम नदिमा पवित्र स्नान गरे झैं, केदार नाथमा शिवको दर्शन गरे झैं, कुम्भ पलामा बद्रिनाथको दर्शन गरे झैं, कुरुक्षेत्रमा स्नान गरेर गौ या कुञ्ज दान गरे झैं अपरा एकादशीको व्रत बस्नाले पुण्य प्राप्त हुनेछ ।

यस दिन व्रत नबस्ने हरु फेरि धर्तीमा जन्म हुनुपर्ने बाध्यता रहन्छ, परमात्मालीनका लागि यस दिनको महत्व धेरै रहेको छ।
यस दिन त्रिबीकर्मको आराधना गरिन्छ, पापमोचन अनि प्रायश्चितका लागि यस एकादशी भन्दा महत्वपूर्ण अन्य तिथीहरु कमै पाइन्छ। अपारको अर्थ हो अनन्त या सीमा नभएको, यस एकादशीको महिमा अनि फल अपार भएकाले नै यस संज्ञा प्रयोग गरिएको हो । यस एकादशीको बिभिन्न अन्य नामहरु पनि छन जस्तै जलक्रीडा एकादशी, भद्रकाली एकादशी ईत्यादि ।

बिहान उठेर सूर्योदय अगावै स्नान गर्ने, भगवान बिष्णुलाई तुलसीको पात, धुप अनि बत्ति बाल्ने, भगवान बिष्णुका मन्दिर दर्शन गर्ने, मन्दिर परिसर या घरमा सबैजना मिलेर वाचकको मुखारबिन्देवाट अपरा एकादशी महात्मय श्रवण गर्ने गरिन्छ । व्रतालुहरु ले फलाहार मात्र सेवन गर्ने या कहिँकतै निर्जल सम्म पनि व्रतदिने गरिएको पाइन्छ तथापी एकादशी महात्मयको श्रवण पश्चात फलाहारका रुपमा कन्दमुल ग्रहण गर्न उचित मानिन्छ। यस एकादशीमा अन्न सेवन अनि शरीरमा तेलको प्रयोग नगर्न सल्लाह दिइन्छ, यी सबै कुराहरुको वैज्ञानीक महत्व पनि उत्तिकै छ। स्मरण रहोस् एकादशी व्रतमा खानाको मात्र नियन्त्रण नभई नकारात्मक सोच र तनावको नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी वताइन्छ । बिष्णु सहस्त्रानामको पाठ एकादशीमा अपरिहार्य छ, भजन किर्तन अनि पवित्रताको साथै भक्तिभावको सामीप्यतामा यस एकदशी गुज्रियोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 519

प्रतिक्रिया (०)