Aamsanchar

आजको मौसम (मेघगर्जनसहित वर्षा)

Author Image
मङ्गलवार, जेठ ६, २०७७

आज विहानैबाट काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा मेघगर्जनसहित वर्षा शुरु भएको छ । उपत्यकाको आकाशमा कालो बादल मडारिएर मेघगर्जनसहित सामान्य वर्षा शुरु भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अनुपन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकास भइसकेको छ । यसको प्रभावले मेघगर्जनसहित वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार आज दिउँसो देशको मध्य तथा पूर्वी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पूर्वी पहाडी भू-भागका एकरदुई स्थानमा अपरान्ह पछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती देशको पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर