Aamsanchar

सुनकोशीमा बेपत्ता दुवै युवाको शव फेला

Author Image
मङ्गलवार, जेठ ६, २०७७

सिन्धुली । सिन्धुलीमा आइतबार सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका दुई युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार बेपत्ता भएका सुर्खेतको पञ्चकोटी नगरपालिका–७ घर भएका १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय विश्वजनक बुढाक्षेत्रीको शव फेला परेको हो ।

दुवैजनाको शव आज खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । सुनकोशीमा बेपत्ता भएका दिनेशको फिक्कल गाउँपालिका–५ नारिम खोलाको दोभानमा र जनकको शव फिक्कल गाउँपालिका–५ पञ्चकन्यास्थित सुनकोशी नदीको किनारमा फेला परेको हो ।

शव फेला परेपछि मुचुल्काका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुवैजना सुर्खेत घर भई हाल फिक्कल गाउँपालिका–४ खाङ्साङमा काठको मिस्त्री काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर