Aamsanchar

नेपाल-भारत सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा ३५ जना नेपाली अलपत्र

Author Image
मङ्गलवार, जेठ ६, २०७७

झापा । भारतबाट नेपाल फर्कन आएका ३५ नेपाली नेपाल-भारत सिमामा अलपत्र परेका छन।

झापा गाउँपालीका-१ मा पर्ने सतारबस्तीमा रहेको १३४ नंम्बर पिलर रहेको सिमानामा उक्त नेपाली अलपत्र परेका हुन। हिजो बेलुका करिब ८:३० बजे तिर नेपाल प्रबेस गर्न खोज्दा सशस्त्र प्रहरी बलको टोलीले तिनीहरुलाई नेपाल प्रबेस गर्न दिइएको थिएन।

कोभिड-१९ जोखिम बढेपछी स्वदेस फर्किन लागेका नेपालीहरुलाई सीमा क्षेत्रमै खाना खुवाउनेकाम झापा गाउँपालिकाले गर्दै आएको छ । ३५ नेपाली मध्ये झापाका २५ र अन्य जिल्लाका १० जना रहेका छन।

यस बिषयमा झापा गाउँपालीका प्रमुख जयनारायण शाहले ती नेपालीहरुलाई उनीहरुको बसोबास क्षेत्र सम्म पुर्याउन सम्बन्धित नगररगाउँपालीका संग समन्वय गरि यस बिषयमा प्रमुख जिल्ला अधिकारी झापाका उदय राना संग कुरा भइरहेको बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर