Aamsanchar

प्रदेश १ मा कोरोना जीतेर घर फर्किनको संख्या २६ पुग्यो

Author Image
बुधवार, जेठ ७, २०७७

प्रदेश–१ मा कोरोनका संक्रमितको संख्या बढेपछि निको भएर जानेको संख्या पनि बढ्दै गएको छ । विराटनगरको कोरोना विशेष अस्पतालबाट आज थप ८ जना कोरोन संक्रमण जीतेर घर गएका छन् । यो सँगै प्रदेश १ बाट कोरोना नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ।

बुधबार डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका नागरिक रहेका छन् । गत वैशाख ५ र ९ गते उनीहरुमा कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेको स्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएका छ । अस्पतालमा अहिले २८ जना उपचाररत रहेको बताइएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । धनकुटाका ५ जना संक्रमित कोभिड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताए ।

यो संगै नेपालमा कोरोना जित्‍नेको संख्या ४५ पुगेको छ। बुधबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। पछिल्लो पटक देखिएका संक्रमितहरू बाँके नरैनापुर, धनकुटा, कपिलवस्तु र नवलपरासी पश्चिमका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर