Aamsanchar

नेपालको नयाँ नक्साबारे भारतको प्रतिक्रिया : हामीलाई अस्वीकार्य

Author Image
बिहिवार, जेठ ८, २०७७

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समामवेश गर्दै नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले त्यसलाई अस्वीकार गर्ने भएको छ ।  बुधबार नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ ।

नेपालको परिमार्जित नक्साबारे गरिएको पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपाल सरकारले जारी गरेको परिमार्जित नक्सामा भारतीय भूमिको हिस्सा समावेश गरिएको छ । यो एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणका आधारमा छैन । यो सीमा समस्यालाई कुटनीतिक छलफलको माध्यमबाट समाधान गरिने दुई पक्षीय समझदारी विपरित रहेको छ । यो भौगोलिक दाबीको कृत्रिम विस्तारलाई भारतले स्वीकार गर्दैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 347

प्रतिक्रिया (०)

सम्बन्धित खबर