Aamsanchar

अंपुन चक्रवातले ३० लाख प्रभाावित, १५ जनाको मृत्यु

Author Image
बिहिवार, जेठ ८, २०७७

तस्वीर : रोयटर्स

काठमाडौं – बंगाल खाडीमा बनेको अंपुन नामको चक्रवातका कारण भारत र बंगलादेशमा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

चक्रवातको प्रभावले भारतको कोलकता, पश्चिम बंगालसहित बंगलादेशमा भीषण वर्षासहितको ठूलो हावाहुरी चलेको थियो । उक्त चक्रावतले दुबै मुलुकमा १५ जनाको मृत्यु भएको उल्लेख भए पनि कहाँ कति भन्ने खुलाइएको छैन ।

ठूलो हावाहुरीका कारण रुखहरु उखेलिएका थिए भने हजारौं घरका छाना उडाएको तथा ठाउँरठाउँमा घर नै भत्किएको जनाइएको छ ।

चक्रवातको प्रभावले भारत र बंगलादेशका तटीय क्षेत्रबाट विस्थापित भएका करिव ३० लाख मानिसहरूलाई कोरोना भाइरस संक्रमणको त्रासले कायम गरिएका प्रतिबन्धले राहत वितरणमा पनि समस्या भएको छ ।

सन् १९९९ पछि बंगालको खाडीमा बनेको सबैभन्दा ठूलो भनिएको उक्त चक्रवातको असर अब भने क्रमिक रूपमा घट्दै जाने बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर