यस वर्षको मे २२ पनि अरु वर्षहरु झै विश्व समुदायले जैविक विभिदता दिवसका रुपमा मनाँउदैछ ,आउनुहास आज यसै परिपेक्ष्यमा वात मारौ ।
जैविकविविधताको महत्वलाई दर्शाउन यो दिवस विश्वभर मनाइन्छ । सन् १९९२ मे २२ माब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधतामहासन्धी अगाडि बढाउने निर्णय गर्यो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविकविविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकको निर्णय नम्बर ५५र२०१ लेथप अंगिकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसकारुपमा मनाउने घोषणा भयो । त्यसयता हरेक बर्ष मे २२ का दिन विश्वभर जैविक विविधतादिवस मनाइदै आएको हो ।
कानुनत नेपालमा भनेँ जैविक विभिदतालाई वातावरण संरक्षण ऐन२०५३ अनुसार ब्याख्या गरिदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगतप्रणालीको विविधता भन्ने बुझिन्छ ।
मान्छे स्वभावले नै विभिदता मनपराँउदछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाँउ, घर अनि खाना मनपर्दछ , नयाँ कुराहरु गर्न रुचाँउदछ अनि नयाँपन विभिदताले गर्दा मात्र संभव छ । यिनै विभिदताका कुराहरुमध्य आज जैविक विभिदताका कुरा गरौ न । भुपरिवेष्ठित देशका मान्छे समुन्द्र देख्दा रमाँउदछन अनि हिमाल पहाड नदेखेका मानिस हिमाल पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विभिदतामा रमाउने । त्यसैले त हरेक मान्छे भित्र एउटा पर्यटकको तृष्णा लुकेको हुन्छ । अरबको मरुभुमीमा बसोवास गर्ने मान्छे हिमाल हेर्न नेपाल आँउदछ, विश्वभरिका मान्छे सगरमाथा, यहाँका जैविक विभिदता, प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन र यदि नेपालसँग यी जैविक र भौगोलिक विभिदता नहुने भए यहाँ पर्यटकहरु आँउदैन थिए पनि होला । तसर्थ पनि जैविक विभिदतालाई पर्यटनसँग जोडेर हेरिन्छ ।
यहाँ छोटो दुरिमा धेरै भौगोलिक संरचना, भिन्नभिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरु छन् । पहाड रहिमाली क्षेत्रमा उत्तर९दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घामलाग्ने र अर्कोतिर ओसिलो हुन्छ । घण्टाभरिमात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतीक माहौलमा पुगिन्छ, जैविक विभिदता अनुभव गर्न सकिन्छ । नेपालमा समुन्द्र सतहदेखिको न्युनतम उचाई ६० मिटरको झापा जिल्लाको केचना र अधिकतमउचाई ८,८४८ मिटरको सगरमाथा छ । नेपालमा२ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढि रातिउडने पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजारबढि फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुँसी र३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको सङ्ख्या नै३० वटा भन्दा बढि छ । सुनगाभारसुनाखरी परिवारका ३ सय ६३ भन्दा बढि प्रजाति छन् ।सम्पूर्ण युरोपको भू९भागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् ।पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढि प्रजातिकाअन्नबाली खानयोग्य छन् । त्यसमध्ये २ सय प्रजातीको खेति गरिन्छ ।