Aamsanchar

आजको मौसम

Author Image
शुक्रवार, जेठ ९, २०७७

हाल देशको पूर्वी भू-भागमा सामान्य बदली, मध्य भू(भागमा आन्शिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार देशको पूर्वी भू–भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू(भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू(भागका १–२ स्थानहरुमा मेघगर्जन, चट्याङ् र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

शनिबार पनि देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आईतबार देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
सोमवार, मंसिर १०, २०८१
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१