Aamsanchar

झाँरफुकको काम बन्द भएपछी, शिवाकोटी भोकभोकै

Author Image
शुक्रवार, जेठ ९, २०७७

दुधे । कोभिड१९ अर्थात कोरोना भाइरसको डरले संसार नै अहिले त्रासपुर्ण अवस्था मा रहेको बेला शिवसताक्षी ९ का एक ७१ बर्षे जेष्ठनागरिक लाई दुई खानको समस्या परेको बताउछन् ।

शिवसताक्षी ९ मिलन चोकमा एक सानो घरमा बस्दै आएका छन। उनी यो ठाँउमा बस्दै आएको ४ वर्ष भएको एक छिमेकीले सुनाए । लोक प्रसाद शिवाकोटी (शिवाकोटी बाबै) नाम बताउने उनी एक छोरा भएको तर पहिले नै मृत्यु भै श्रीमती अर्कोसग गएको उनको भनाइ छ। उनी यो भन्दा अगाडि सिक्किममा बस्ने र उनी झार्फुक धामी गरेर गुजारा चलाउने गर्थे। तर लकडाउनका कारण कसैले पनि घरमा आउन नपाउने नियम छ भनी नबोलाउने कुरा सुनाउछन् । आफ्नो पेट पाल्ने मुख्य स्रोत नै यहि रहेका उनी हाल खानमा समस्या आएको छ।

स्थानीय सरकारले पनि दिन्छ भन्ने सुनेको थिए, तर मलाई कहिँबाट पनि आएको छैन । दिन्छ भने खान्छु दिदैन भने पनि ठिकै छ  शिवाकोटी सुनाउछन्। आफुसग नागरिकता नभएकाले नदिएको हो कि के हो मैले बुझ्न सकिन भनी उनी गुनासो गर्छन्।

यही कुरा स्थानीय सरकारका एक जनप्रतिनिधि समक्ष पुर्याउदा उनले बोलेको बोलिले निकै नकारात्मक कुरा जनाउँछ जनप्रतिनिधिले भने, मान्छे बिरामी अहिले पनि हुन्छ,उनलाई कसले रोकेको छ र गरेर खादा भयो, यो शव्द जनताले चुनेका प्रतिनिधिबाट निस्किनु शोभा दिदैन।

सरकारको नियम अनुसार चार परिवार भएको लाई पन्ध्र केजि चामल दिनु भनेको छ, उनको भागमा तीन केजी पर्छ त्यो के दिनु र भनेर जनप्रतिनिधि भन्छन् । यी वृद्धको लागि कोहि सहयोग गर्नु चहान्नु हुन्छ सहयोग गरिदिन  आग्रह गर्छन् स्थानीय रोशन कठायत। उनको भनाइ छ उनी बसेकोमा दुई चारवटा प्याज,आलू ,एउटा खाट,तिनवटा डुङ्गाले बनाएको चुलो , पानी राखेको एउटा बाल्टिनङ र उनी लगाउने लुगा मात्र रहेको छ। यस्तो अवस्थाको मान्छेलाइ नहेर्ने हो भने केका लागि प्रतिनिधि भएर बस्नु र रु उनी यस घरमा एक्लै बस्दै आएका छन् । उनी बस्ने छिमेकीमा नै स्थानीय सरकारको प्रतिनिधिको घर पनि रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१