Aamsanchar

होटल तथा पार्टी प्यालेसलाई क्वारेन्टाइन बनाउन विवरण सङ्कलन गरिँदै

Author Image
आइतवार, जेठ ११, २०७७

काठमाडौँ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सम्भाव्य क्वारेन्टाइन स्थल बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका होटल तथा प्यार्टी प्यालेसहरूको विवरण सङ्कलन गर्न थालेको छ ।

सरकारले होटल तथा पार्टी प्यालेसहरूमा क्वारेन्टाइन राख्न सकिने भन्दै पत्रचार गरेपछि प्रशासनले यसको लागत सङ्कलन गर्न सुरु गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । “कथंकदाचित महामारीकै अवस्था भयो भने पनि क्वारेन्टाइनको व्यवस्था बनाउनुपर्छ भन्ने ध्येयले होटल तथा प्यार्टी प्यालेसहरूको विवरण लिने काम थालेका हौँ,” उनले भने ।

कतिपय विदेशबाट उद्धार गरी ल्याउने नेपाली नागरिकका लागि पनि राख्ने सबैभन्दा उत्तम ठाउँ होटल तथा पार्टी प्यालेस नै हो भन्ने सरकारको निष्कर्ष रहेको पनि उनले बताएका छन् । होटल तथा पार्टी प्यालेसहरूको विवरण सङ्कलन गर्दैगर्दा त्यो कति क्षेत्रफलमा फैलिएको छ र त्यहा कति मानिस राख्न सकिन्छ भन्ने कुराको विवरण लिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर