Aamsanchar

‘एकका लागि एक’ अभियानको ध्यान स्वास्थ्य तिर, दियो भीटीएम किट

Author Image
सोमवार, जेठ १२, २०७७

बिर्तामोड । झापाको सहारा नेपाल साकोस, वीरता जेसीज, सहित १८ वटा विभिन्न सामाजिक संघ– संस्थाको सहभागितामा झापामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानले तीन सय ४० थान भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट प्रदान गरेको छ ।

केही दिनअघि बिर्तामोडमा भएको ‘एकका लागि एक’ अभियानको बैठकले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको परीक्षणमा सघाउ पुर्याउन भीटीएम किट खरिद गर्ने निर्णय गरेको थियो । सोही वैठकको निर्णय अनुसार तीन सय ४० थान भीटीएम किट खरिद गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापालाई उपलब्ध गराइएको अभियानका सदस्य, किट हस्तान्तरण कार्यक्रमका संयोजक वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले जानकारी दिए ।

किट बुझदै झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भने, एकका लागि एक अभियानले उपलब्ध गराएको किटले निकै ठुलो सहयोग प्राप्त भएको छ । हामि यो किटलाई तत्कालनै कोरोना संक्रमित क्षेत्र क्यावारेन्टाईमा रहेका नागरिक तर्फ लैजान्छौं । उनले बाँकी किट पनि छिटो उपलब्ध गराईदिन आग्रहगर्दै अभियानका अभियन्ताहरुलाई धन्यवाद दिएका थिए ।

सुरुमा पाँच सय भीटीएम किट खरिद गर्ने योजना बनाए पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाको आग्रहपछि पहिलो चरणमा एक हजार किट खरिद गरिने एकका लागि एक अभियानमा संयोजक महेन्द्रकुमार गिरीले बताए । पहिलो चरणमा तीन सय ४० थान भीटीएम किट खरिद गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापालाई उपलब्ध गराइएको र पछि पुनः छ सय ६० थान भीटीएम किट खरिद गरी उपलव्ध गराउने बताईएको छ ।

अभियानका सदस्य एकराज गिरीले सहजीकरण गरेको कार्यक्रममा  अभियानका सहसंयोजक विनोद बस्नेत, अभियानका सदस्यहरु  लोकराज ढकाल, मदनगोपाल सुब्बा, निर्मल भट्टराई, केदार गिरी, सञ्जीव घिमिरे, अर्जुन चुडाल, मोहन पोखरेल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर