Aamsanchar

झापाली समाज अष्ट्रेलियाद्वारा कोभिड-१९ रोकथामका लागि आर्थिक संकलन अभियान सुरु

Author Image
सोमवार, जेठ १२, २०७७

अष्ट्रेलिया।  कोरोना भाईरस (कोभिड(१९) को संक्रमण महामारीको चपेटामा पर्दै गएको संकटपूर्ण अवस्थामा ‘कोभिड–१९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने उद्देश्यले झापाली समाज अष्ट्रेलियाले आर्थिक संकलन तथा सहयोग अभियान सुरु गरेको छ ।

आफ्नो गृह जिल्ला झापालाई प्रार्थमिकतामा राख्दै प्राकृतिक प्रकोपमा होस् वा अरु कुनै कठिन अवस्थामा अष्ट्रेलियामा रहेका झापालीहरुले सहयोग गर्दै आएका छन, विगतमा भुकम्प, बाढीपहिरो लगायत दैविक प्रकोपमापरी सहारा विहिन वन्न पुगेका झापाली र नेपालीहरुका लागि सहयोग गर्दै आएको झापाली समाज अष्ट्रेलियाले कोरोना रोकथाम र व्यवस्थापनमा सहयोग गर्न आर्थिक संकलन अभियान सुरु गरेको झापाली समाज अष्ट्रेलियाका सचिव अशोक उप्रेतीले बताएका छन ।

अभियान मार्फत संकलन गरिएको रकम झापामा हाल संचालन भई रहेको एकका लागी एक अभियानमा सहकार्य गर्दै झापा जिल्ला कोरोना नियन्त्रण व्यवस्थापन समितिलाई आवसेक सामाग्री उपलब्ध गराउने संस्थाका अध्यक्ष उमेश पोखरेलले जानकारी दिए ।

अष्ट्रेलिया निवासी झापाली लगायत सबै नेपालीहरु एकजुट भई अभियान जुट्न समाजले आवहान पनि गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर