Aamsanchar

मेचीमा कोरोना अस्पताल नबनाउन भन्दै स्थानिय र जनप्रतिनिधीले गरे प्रदेश सरकारको बिरोध

Author Image
सोमवार, जेठ १२, २०७७

झापा  । प्रदेश, स्थानिय सरकार र स्थानिय नागरिक बिच समन्वयन हुन नसक्दा मेची अस्पताल परिसरमा स्थापना गर्न लागिएको कोरोना अस्पताल निर्माणकार्य अन्योलमा परेको छ ।  मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई कोरोना उपचार अस्पताल बनाउने जिल्ला समन्वय समिति, प्रशासन र झापाका राजनीतिक दलको निर्णय अन्योलमा परेको छ ।

जिल्ला समन्वय समिति, प्रशासन र झापाका राजनीतिक दलको सिरफारिसमा प्रदेश सरकारले मेची अस्पतालको निर्माणाधिन भवनमा कोरोना उपचार अस्पताल र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला बनाउने तयारी गरेको हो । तर, भद्रपुरका स्थानीयबासीले अस्पतालमा प्रयोगशाला र कारोना उपचार बनाउन जोखिम हुने भन्दै आपत्ति गरेपछि प्रदेश सरकारको निर्णय अन्योलमा परेको हो ।

स्थानीयले मेची अञ्चल अस्पताललाई कोरोना उपचार अस्पताल बनाउँदा अन्य सेवा लिनबाट सर्वसाधारण वन्चित हुने र स्थानीयमा संक्रमणको त्रास हुने भन्दै आपत्ति प्रकट गरेका हुन् ।

भद्रपुर नगरपालिका वडा नम्बर ८ मेची अञ्चल अस्पताल रहेको छ । ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा र वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्कीलेसमेत सरोकारवालासँग छलफल नगरी निर्णय गरेकोमा आपत्ति प्रकट गरेका छन् ।

पुथ्वी माविमा सोमबार बिहान भएको भेलाका अधिकांश सहभागीले मेचीलाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनाउने कुरामा आपत्ति प्रकट गरेका छन् । सहभागीले कलबलगुडी प्रशिक्षण केन्द्र वा अन्य स्थानमा बनाउनु पर्ने बताएका छन् । उनीहरुले जबरजस्ती कोरोना अस्पताल बनाए अवरोध गर्नेसम्मको चेतावनी दिएका छन् ।

भेलाले स्थानीय भक्त खवासको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा वडा अध्यक्ष द्वय गौरव सुब्बा र बन्धु कार्की, राधा कार्की, लीला घिमिरे, शर्मिला अधिकारी, रत्न खतिवडा, गुरुप्रसाद सुवेदी, टीका प्याकुरेल, कुलप्रसाद दाहाल, पृथ्वीबिक्रम राई, छत्र अधिकारी, गोपाल गिरी, माधव बिद्रोही, सम्मर राई, हेमलाल भट्टराई र एक जना जनस्वास्थ्य कार्यालयका प्रतिनिधि रहेन समिति गठन भएको संयोजक खवासले बताए । उनले निर्णय सच्याउन यो समितिले सुझाव दिने बताए ।

भद्रपुर दक्षिणको गाउँपालिका कचनकबलमा कोरोना संक्रमितको संख्या हुवात्तै बढेपछि प्रदेश सरकारले मेचीलाई प्रयोगशालासहितको अस्पताल बनाउने तयारी गरेको हो । प्रयोगशालाका लागि प्रदेश सरकारले एउटा पिसिआर परीक्षण मेशिन उपलब्ध गराउने र झापाको एकका लागि एक अभियानले थप एक पिसिआर परीक्षण गर्ने मेशिन सहयोग गर्ने तयारी भएको छ । एउटा मेशिन प्रयोगमा ल्याउँदा लगभग एक करोग खर्च हुने अनुमान गरिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर