बिर्तामोड । त्यसैपनि जनप्रतिनिधी सधै व्यस्त रहनुपर्ने हुन्छ, सामान्य असहजतालाई वास्ता गर्ने समय पनि हुदैन त्यस्तै सधै व्यस्त रहने अझ कोरोना संक्रमण नियन्त्रण व्यवस्थामामा दिनरात सक्रिय बन्दै आएका बिर्तामोडका मेयर उपचार्थ अस्पताल भर्ना भएका छन । ढाडको नशा चेपिएर गर्धन दुख्ने अवस्था आएपछि उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटलमा भर्ना भएका बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीको शल्यक्रिया गरिएको छ ।
विहान ११ बजे सुरु भएको उनको शल्यक्रिया अपरान्ह ४ बजे सकिएको हो । पाँच घण्टा लामो शल्यक्रियापछि सिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस नोट जारी गरी जनाएको छ । उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
घाँटीको मेरुदण्डसँग जोडिएको मूल नशा च्यापिएपछि सिवाकोटी आइतवार बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा भर्ना भएका थिए ।
आवश्यक सबै जाँचपछि डा. पंकजराज नेपाल र डा। निराजन पराजुली लगायतको १० सदस्यीय चिकित्सक टोलीले सिवाकोटीको शल्यक्रिया गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
हाल शिवाकोटकिो स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस नोट जारी गरेर जानकारी दिएको छ ।