Aamsanchar

उपभोक्ताप्रति उद्धार निर्णय, उर्लाबारी खानेपानीले दुई महिनाको महशुल छुट गर्ने

Author Image
मङ्गलवार, जेठ १३, २०७७

उर्लाबारी । डकलाउनका कारण विपन्न वर्गका नागरिकको दैनिक आयश्रोतका सबै बाटाहरु बन्द भएर आर्थिक समस्यामा परिरहेको वेला उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफना उपभोक्तालाई दुई महिनाको निम्नतम महशुल छुट् गर्ने निर्णय गरेको छ ।

सो संस्थाका अध्यक्ष भूपाल जिमीको अध्यक्षतामा आइतबार बसेको कार्य समितिको बैठकले लकडाउन शुरु भएको २०७६ चैत्र र २०७७ बैशाख महिनामा उठेको बिलको निम्नतम महशुल छुट् गर्ने निर्णय भएको सचिव चिन्तामणी पौडेलले जानकारी दिए । साथै कार्यालय समेत दैनिक ११ बजे सम्म खुल्ला र धारा जडानका कामसमेत गरीने सचिव पौडेलले बताएका छन ।

हाल रहेका ४ हजार २४ घर परिवारलाई निम्मतमप्रति महिना १ सय ४५ रुँपैया छुट गर्दा संस्थालाई दुई महिनाको अवधीमा ११ लाख ६६ हजार ९ सय ६० रुपया व्ययभार हुने भएता पनि लकडाउनबाट प्रभावित बनेका उपभोक्ताको हितलाई ध्यानमा राखी उक्त निर्णय गरीएको अध्यक्ष जिमीले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर