Aamsanchar

काँग्रेसले केही दिन समय मागेकाले तत्काल संविधान संशोधन नहुने

Author Image
मङ्गलवार, जेठ १३, २०७७

काठमाडौं । नयाँ नक्सा जारी भएपछि गरिने भनेको संविधान संशोधन तत्काल नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले केही दिन समय मागेकाले तत्काल संविधान संशोधन नहुने भएको हो ।

बैठकमा संविधान संशोधनका लागि प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाउन प्रस्ताव भएको थियो । जवाफमा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा राष्ट्रिय सहमतिका लागि छलफल गर्नुपर्ने भएकाले केही दिनको समय दिन आग्रह गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भएको भन्दै त्यसका लागि काँग्रेसले साथ दिने बचन दिएको बताए । उनले काँग्रेस केन्द्रीय समिति बैठकमा यसबारेमा निर्णय हुने बताए ।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर