कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म १ लाख ५२ हजार ३ सय ९१ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५४ हजार ४ सय २४ जनाको पिसिआर र ९७ हजार ९ सय ६७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
नेपाल हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ। जसमध्ये १ सय ५५ जना उपचारपछि डिस्जार्च भएको मन्त्रालयले जनाएको छ। मुलुकभर हाल ५ सय ८२ जना अस्पतालको आइसोलेसनमा र ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता डा देवकोटाले बताए। क्वारेन्टाइनमा रहेको संख्या हालसम्मकै उच्च रहेको मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 182