Aamsanchar

१३औं गणतन्त्र दिवस

Author Image
बिहिवार, जेठ १५, २०७७

१३औं गणतन्त्र दिवसको आजको संघारमा नेपालको गणतन्त्रको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो छ । एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई सगरमाथाको देशले चाल्ने पाईलाहरु कठिन पक्कै छन तथापि नेपालीजनको देश प्रेम अनि बिकासको उत्कट चाहना संगै समग्र रुपमा नयाँ नेपालको सपना साकार हुन जरुरी छ र हुनेछ पनि । गणतन्त्र दिवसको शुभकामना ।

आजको शुरुवात त एउटा कवितावाटै गर्नेछु, अहिलेको समयसापेक्ष यस कवितामा हामी नेपालीका हजारौं भावना अनि करोडौं राष्ट्रप्रेम लुकेको छ ।
अब ,
एउटा घडेरी लिम्पियाधुरामा किन्न मन छ
एउटा घडेरी लिपुलेकमा
अनि अर्को घडेरी कालापानीमा ।
किन ?
जेठो छोरो , माहिलो छोरो र कान्छो छोरोलाई ।
हराएका जङ्गेखम्बा खोज्नु छ
मेचीदेखि दोधाराचाँदनीसम्म लक्ष्मण रेखा कोर्नु छ

त्यसैले त एउटा घडेरी लिम्पियाधुरामा किन्नु छ
एउटा घडेरी लिपुलेकमा किन्नु छ
एउटा घडेरी कालापानीमा किन्नु छ ।

सारा विश्व समुदाय, जुनसुकै देश या ठाँउमा बसेर यो कुरा पढ्दै हुनुहुन्छ, सुन्दैहुनुहुन्छ, के यो यो विश्वका साना र कमजोर देशहरुलाई आफ्नो सिमा रक्षा गर्ने अधिकार छैन ? हरेक नेपालीहरुको प्रथम प्रेमी या प्रेमीका भनेको उनीहरुको माटो हो, भारतसंगको यो सिमा विवादमा हामी नेपाली सबै एजुट छौं र हामी चाहन्छौं कि कुटनैतिक रुपमा यस समस्याले निकास पाओस् र नेपाली धर्तिको मर्यादा कायम होस्, हाम्रो हक नखोसियोस् ।

१३औं गणतन्त्र दिवसको आजको संघारमा नेपालको गणतन्त्रको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो छ । एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई सगरमाथाको देशले चाल्ने पाईलाहरु कठिन पक्कै छन तथापि नेपालीजनको देश प्रेम अनि बिकासको उत्कट चाहना संगै समग्र रुपमा नयाँ नेपालको सपना साकार हुन जरुरी छ र हुनेछ पनि । गणतन्त्र दिवसको शुभकामना ।

नेपालमा गणतन्त्र
शुरुवात गर्न चाहयौं गणतन्त्रको अर्थबाट र यहाँ विश्वप्रसिद्ध अङ्ग्रेजी विश्वविधालय क्यामब्रिजको परिभाषा सापट लिंदैछौ जसका अनुसार च्भउगदष्अि अर्थात् गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनीधीहरुले शासन गर्ने गर्दछन् । नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुनकालागि राजपरिवारमै जन्मिएका ब्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाठमा हुर्किएका शाहि सदस्य मात्र हुन पाउने व्यवस्था थियो । समयको परिवर्तन हेरौं आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरीकले आफ्नो स्वतन्त्रता, राष्ट्रप्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन । आज नेपालमा विभिन्न ७ वटा प्रदेशहरु अनि प्रादेशीक शासन स्वरुपमा गणतन्त्रको नयाँ खाका कोरिइपनि सकिएको छ ।, संघीय स्वरुपमा । विक्रम सम्वत् २०६५ साल जेठ १५ गते एतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघिय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो ।

जनआन्दोलन २०६२र०६३ को जगमा गणतन्त्र घोषणा भएको एतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइदैछ । १० वर्षे स(शस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । एतिहासिक दिनको सम्मान स्वरुप हरेक वर्षको जेष्ठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउँदछ, नेपाली गणतन्त्र १३औंवर्षमा प्रवेश गरेकोमा हामीसबै नेपालीलाई बधाई छ । नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाह पश्चात् नै एकात्मक शाषण पद्धतिमा शासित यो देश आफ्ना गणतान्त्रिक पथमा शुरुवातकालिन पाईला चालिरहेको छ । स्मरण रहोस् भौगोलिक, सामाजिक र सांस्कृतीक विभिदताकालागि नेपाल संसारकै पृथक देशहरूमध्ये फरक देशमा पर्दछ । जेष्ठ १५ गतेको यसै एतिहासिक दिनको सम्मान स्वरुप सरकारले आज सार्वजनिक विदा दिएर यसलालाई सम्मान, गौरव र लोकतान्त्रिक गणतन्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा सारा नेपालीले मनाउने गर्दछन् । यस विशेष दिनमा भुपी शेरचनको कवीता सम्झना गर्न चित्त परेको छः

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए ।
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।।

अब आज हामी सम्झना गर्न चाह्यौं ति महान शहिदहरुलाई जसले नेपालमा गणतन्त्र स्थापनार्थ आफ्नो प्राणको आहूती दिएका छन् । १० वर्षे स(शस्त्र द्वन्दमा वीरगती पाएका ति तमाम नेपाली अमर आत्माहरुलाई चीर शान्ति प्राप्त होस् । वहाँहरूको त्यो बलिदानको वास्तविक कदर कतै कुनै कार्यक्रममा केही लाख रुपैयाँ खर्च गरेर र वहाँहरूको नाममा चोक र चौतारा बनाएर मात्र कदापी हुनै सक्दैन, त्यो केवल गणतन्त्रको संस्थागत् अभ्यासले मात्र हुन सक्छ । सत्ता समिकरणमा अझै पनि उतिबेलाका आन्दोलनको विपक्षी सरकारका पात्रहरु देखिनु अनि शक्ति समिकरणमा आन्दोलनमा बन्दुकको नालले चरा मारेझै मान्छे मार्ने गरेका ब्यक्ति देखिईनु कतै दुःखको अनुभूति होला त कतै लोकतान्त्रिक गणतन्त्रको रङ्गमा सबै मिली अघि बढ्दै गरेको गज्जबको उदाहरण। तर के वास्तवमैं त्यो उदाहरण नेपाली राजनीतिमा सक्रिय दलहरूले निर्वाह गरीरहेका छन् र जसका कारण विश्वमैं राजनीतिक सदाचारताको उदाहरण बनेका हुन रु भ्रममा कसैले नपारे हुन्छ, भागवण्डाको राजनीतिमा निदाएर राजनीति गरेको ति शहिदले हेरी बसेका छन् होशीयार ! अर्घाखाँचीको सन्धीखर्क होस् या सिन्धुलीको भिमान, जुम्लाको खलंगा होस् या रोल्पाको लिवाङ्ग ?

सशस्त्र यूद्धका बेलामा घरका भित्तामा लागेका बम, गोली अनि बारुदका छर्राहरुले बनाएका खतहरु अझै पनि आलै छन् ।, कति त्यस्ता खतहरूमा माटो अथवा सिमेन्टको लेप लागिसकेको छैन । अनि अझ उस्तै छन् मन भित्रका पीडाहरु, आफन्त गुमाउनुको, अपाङ्गता अपनाउनुको अनि वेपत्ता भएका परिवारजनका सदस्यको आँखा अगाडि आइरहने यादका श्रृंखलाहरूको । रगतका खोलाहरु बगेका चोक चौराहमा अझै पनि पीडाका कथाहरू गणतन्त्र बनेर दौडिरहेका छन् । अत्यन्त ठूलो मूल्य चुकाएर प्राप्त भएको गणतान्त्रिक नेपाल अनि नेपाली राजनैतिक संस्था र हस्तीहरुले गणतन्त्रको सही सदूपयोग गर्न सक्नुपर्दछ । नेपालीहरुले देशमै बसेर जिविकोपार्जन गर्न सक्ने अवस्था कहिले प्राप्त हुन्छ रु बन्द बाकसमा निदाएका नेपाली बोकेर, अपाङ्ग शरीर बोकेर, बेहोशी बोकेर, ठगीएर, हेपीएर, सतित्व लुटिएर, बेचिएर कहिले सम्म खोजी रहने ठाडो शीर सहितको परिवर्तन । शक्तिको होडवाजीबाट माथी उठेर विकास र विधीको शासन कहिले हुन्छ ? यस्ता कैंयन प्रश्न अनुत्तरित छ है ।

आजको दिन एउटा गर्व अनि उत्साहको दिवस हो तसर्थ आज नेपाली सेनाले विहानै विगुल फुकेर जनाउ दिनेगर्दछ । टुँडिखेल काठमाडौ लगायत देशैभरिका थुप्रै ठाँउहरुमा आज भेला, कार्यक्रम अनि अन्तरक्रिया गर्ने गरिन्छ । साँझमा गणतन्त्रका अथक योद्धा शहीदहरुको सम्झनास्वरुप मैनवत्ति बाल्ने कार्यक्रम पनि गरिन्छ । गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभातफेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदैछ । त्यसैगरी विदेशस्थित नेपाली राजदुतावास, कूटनितिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दिपावलीको उल्लासमय कार्यक्रमहरू समेत राखिएको छ । यसैबिच गणतन्त्र दिवसको उपलक्ष्यमा छिमेकी मुलुकहरु चीन र भारत सहित अन्य मुलुकका प्रमुखहरुले शुभकामना दिंदै नेपालमा शान्ति र समृद्धिको नयाँ ढोका खोलिने विश्वास गरेकाछन् । गणतन्त्र दिवसलाई जनता सार्वभौम भएको सुखद र उल्लासमय दिनका रुपमा मनाइन्छ । स्मरण रहोस् १३ वर्षअघि आजकै दिन गणतन्त्र प्राप्तीको उत्साहमा नेपालभरि एतिहासिक दिपावली कार्यक्रम गरिएको थियो । नेपाली हामी रहौँला कहाँ नेपालै नरहेरु यूगौं-यूगान्तरसम्म सिम्रिक रङ्गले नेपाली पहिचानको बयान गरोस्, अमर ख्याति प्राप्त गर्न सकोस् । मन अनि वन दुबै तर्फ डाँफे उडोस्, नेपाली टोपी र सगरमाथा उच्च रहुन अनि विधीको शासन कायम रहोस्, देशले राजनीतिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस् । गणतन्त्र दिवसको सार्थक शुभकामना, हिमाल, पहाड, तराई सबैतीर गणतन्त्र दिवस र राष्ट्रिय एकताका लहर एकैस्वर भई फैलिउन् । हो म नेपाली हो, नेपाली हुनुमा गर्व छ र यो गर्व शक्ति बनि रहोस् । नेपालीको जय होस्, मेरो नेपालको जय होस् । शुभकामना !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 564

प्रतिक्रिया (०)

सम्बन्धित खबर