Aamsanchar

कोरोना संक्रमणका कारण ललितपुरका १ जना सहित मृत्यु हुनेको संख्या पाँच पुग्यो

Author Image
बिहिवार, जेठ १५, २०७७

प्रतिकात्मक तस्वीर

ललितपुरका एक ५९ वर्षीय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। प्रहरी उच्च स्रोतले उनको कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि गरेको छ ।

मृतक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन् । उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो । मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए । ​

मृतकको शव अस्पतालमै रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर