कनकाई । झापाका विभिन्न पालिकाहरुमा कोरोना संक्रमितको संख्या बढदै जानु र भारत संग सिमा जोडिएको कनकाईको छिमेकी झापा गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टी भए पछि कनकाई नगरलाई सिल गरिएको छ ।
लकडाउनलाई अझ प्रभावकारी बनाउन केहीदिन देखि कनकाई नगरक्षेत्रलाई सिल घोषणा गरिएको हो ।
सिल घोषित गरिए पनि पूर्णरुपमा भने सिल गरिएको छैन । कनकाई क्षेत्रभित्र प्रवेश हुने सबै बाटोहरु खुल्ला नै छन । तर झापा रोड हुदै झापा गाउँपालिकाबाट कनकाई प्रवेश गर्नुपर्ने सिमा क्षेत्र कनकाई–५ र झापा गाउँपालिका–६ स्थित चम्रामारीमा ढाट लगाईएको छ । अतिआवसेक बाहेकका सबै सवारी साधनलाई प्रवेश गर्न दिएको छैन । सरकारले तोकेका सवारी र विरामी लिएर आउने मोटरसाईकललाई निर्वाद प्रवेश खुल्ला गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 253