Aamsanchar

कञ्चनपुरबाट चार दिनमा भित्रिए सात हजार ३१८ नेपाली

Author Image
शुक्रवार, जेठ १६, २०७७

कञ्चनपुर :  पश्चिमी सीमा नाका गड्डाचौकीबाट चार दिनमा सात हजार ३१८ जना भित्रिएका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार बिहीबार दुई हजार ४०५, बुधवार एक हजार ५८६, मंगलवार ६९० र सोमवार दुई हजार ६३७ जना भारतबाट घर फर्केका हुन्। व्यक्तिगत विवरण राख्ने, व्यक्तिगत फाराम भर्ने, तापक्रम नाप्ने लगायतका कार्य गरी उनीहरुलाई नेपाल प्रवेश गराइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए।

नेपाल प्रवेश गर्नेहरुलाई ट्रान्जिट क्याम्पमा राखी सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा पठाउनका लागि यातायातका साधनको व्यवस्था गरिएको छ। उनीहरु नयाँ दिल्ली, मुम्बई, पञ्जाव, हरियाण र राजस्थान लगायतका क्षेत्रबाट आएका छन।यसैबीच लकडाउनका कारण नेपालमा रहेका भारतीय नागरिकहरुलाई भारत पठाउने कार्य समेत भैरहेको छ। मंगलवार ८६, बुधवार २५४ र बिहीवार १७१ जना गरी ५११ जना भारतीयहरुलाई घर फर्काइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर